मेलम्ची बजारको मुख्य सडकको दायाँबायाँ बनेका अस्थाई संरचना हटाउन ३५ दिने सूचना

* # पालीका खबर समाचार सिन्धुपाल्चोक

मेलम्ची । मेलम्ची नगरपालिकाले मेलम्ची बजारको मुख्य सडकको दायाँबायाँ बनेका अस्थाई संरचना (भर्याङ, बार्दली, कौसी र सडक पेटी लगायत संरचना) हटाउन सम्बन्धीत घरधनीलाई आग्रह गरेको छ ।

मेलम्ची बजारको वडा नं ११ स्थित मेलम्ची खानेपानीको साइट कार्यालय देखि मेलम्ची बजार सहित होटल रिभर साइड इन सम्मको क्षेत्रमा मुख्य सडकको दायाँबायाँ निर्माण भएका अस्थाई संरचना हटाउन नगरपालिकाले ३५ दिने सुचना निकाल्दै अनुरोध गरेको हो ।

सूचनालाई बेवास्ता गरी सूचनाले तोकेको अस्थाई संरचना ३५ (पैंतीस) दिन भित्र नहटाईएमा स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम प्रक्रिया अगाडी बढाउने र उक्त संरचना हटाउदा लाग्ने सम्पूर्ण खर्च घर धनी स्वयंवाट सरकारी बाँकी सरह असुलउपर गरिने नगरपालिकाद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।

मेलम्ची नगरपालिकालाई सुन्दर, फराकिलो र सौन्दर्ययुक्त बनाउनका गत पुष २६ गते बसेको कार्यपालिकाको निर्णय अनुसार आज मंगलबार वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङको अध्यक्षतामा बसेको बैठकले सडक अतिक्रमणको कारणले बजार क्षेत्र दिनप्रतिदिन कुरुप हुँदै गएको भन्दै यो सुचना जारी गरिएको जनाएको छ ।

हेर्नुहाेस सूचना :

Leave a Reply