नेपाल भुतपुर्व सैनिक संघ हेलम्बु गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न

* # पालीका खबर विविध समाचार समाज सिन्धुपाल्चोक

नेपाल भुतपुर्व सैनिक संघ हेलम्बु गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । नेपाल भूतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आयोजनामा अधिवेशन सम्पन्न भएको हो ।

हेलम्बु गाउँपालिकामा भएको प्रथम अधिवेशनमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचित कार्यसमिति लाई बधाई एवं शुभकामना दिदै समाज सहित कांग्रेसलाई समृद्ध बनाउन भूतपूर्व सैनिकहरुको सहयोग हुनेमा आफू विश्वास्त रहेको बताउनुभयो । यस अधिवेशनबाट नेतृत्व चयन गर्दा भूपू सैनिकका समस्याहरुको समीक्षा गर्नुपर्ने र यसको जगमा रही योजना बनाउँदा फलदायी हुने अध्यक्ष शेर्पाले बताउनुभयो । विश्व सामु वीर गोरखालीको रुपमा परिचय प्राप्त गर्न वीर सैनिकहरुले र्पुयाएको योगदान र बलिदानबाट सम्भव रहेको हुँदा यसले सिङ्गो देशको प्रतिष्ठा बढाउनुका साथै देशको लागि अपरिहार्य रहेको भूतपूर्व सैनिक जनशक्तिले समाजको विकासमा समेत महत्वपूर्ण भूमिका निभाई सभ्य समाज निर्माणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।


शेर्पाले सैनिक संघको गठनले कांग्रेसलाई थप चलयमान बनाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । साथै निर्वाचित सैनिक संघका सबै पदाधिकारीलाई आफ्नो जिम्मेवारी गम्भीतापूर्ण रुपले निर्वाह गर्न समेत आग्रह गर्नुभयो । सैनिक संघले पार्टीभित्र रहेको आन्तरीक विवादका कुराहरुलाई समाधान गरी पार्टीलाई मजबुद बनाउन सघाउ पुग्ने गाउँपालिका अध्यक्ष शेर्पाले बताउनुभयो ।


अधिवेशनबाट अध्यक्षमा कृष्ण बहादुर पण्डीत निर्वाचित हुनुभएको छ, सचीवमा सोम बहनदुर तामाङ, कोषाध्यक्षमा जयराम लामिछाने निर्वाचित हुँदा सदस्यमा नलि बहादुर खड्का, होम बहादुर कार्की, बाबुराम गिरी, नरेन्द्र पण्डीत, सञ्च बहादुर तामाङ, देवी बहादुर सुवेदी, झम्क प्रसाद तिमल्सेना, लाल बहादुर तामाङ, निमा तामाङ, विकास लामिछाने, पूर्ण बहादुर पण्डीत र चन्द्र बहादुर पण्डीत लगाएतको कार्यसमिति निर्वाचित भएको हो ।

नेपाल भुतपुर्व सैनिक संघ सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का अध्यक्ष बोध विक्रम पण्डीतको विषेश पहलमा हेलम्बु गाँउपालिकाको अधिवेशन भएको हो । नेपाली सेनाका संस्थागत मुल्य मान्यताहरु, रितीरिवाज र पेशागत संस्कारलाई अवकाश पश्चात पनि जीवन्त राख्न भूपू सैनिकहरुले खेल्दै आउनु भएको भूमिका महत्वपूर्ण रहेको र भविष्यमा पनि यसलाई चलायमान बनाउन अधिवेशनले सहयोग गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता नेपाल भूतपूर्व सैनिक संघ जिल्ला सदस्य प्रकाश तामाङले गर्नु भएको थियो । मेलम्ची, चौतारा र हेलम्बुको अधिवेशन सम्पन्न भईसकेको र बाँकी पालिकाहरुमा पनि अधिवेशन गरीने जिल्ला अध्यक्ष मणीलोचन न्यौपानेले जानकारी दीनुभयो ।

Leave a Reply