ईन्द्रावति गाउँपालिका वडा नम्बर ११ मा रहेकाे अविरल इन्द्रावती क्रसर उद्योगबाट करिब ६० लाख रुपैयाँ बराबरको क्रसर बेल्ट चोरी भएको छ।
चोरी घटनामा संलग्नता रहेको आरोपमा ईन्द्रावति गाउँपालिका वडा नम्बर १० मा रहेकाे एस के बालुवा प्रशोधन प्रालिका वर्तमान सञ्चालक विनोद श्रेष्ठ र विशाल श्रेष्ठलाई अभियुक्त बनाई विरल इन्द्रावती क्रसर उद्योगका सुपरभाईजर नरेन्द्र श्रेष्ठले जाहेरी दिनुभएकाे।
अविरल इन्द्रावती क्रसर उद्योगले दुवै जनाविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरमा जाहेरी दर्ता गराएको हाे। हिजो देउराली प्रहरी कार्यालयका हवल्दारको टोलीले चोरी भएको बेल्ट सहितको सामान बरामद गरेको हो। उद्योगका सुपरभाइजर नरेन्द्र श्रेष्ठका अनुसार विगत केही दिनयता उद्योगबाट महत्त्वपूर्ण सामग्रीहरू हराउन थालेपछि खोजी गर्दा ठुलो परिमाणमा क्रसर बेल्ट चोरी भएको खुलेको हो।
प्रहरीका अनुसार अभियुक्तमध्ये विनोद श्रेष्ठलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ । अर्का अभियुक्त विशाल श्रेष्ठ भने हालसम्म फरार रहेका छन् । अभियुक्त दुवै मेलम्ची -१३ का हुन् ।