डेंगी नियन्त्रणमा समुदायको साथ: इन्द्रावती–११ मा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन

डेंगी संक्रमणको जोखिम न्यूनीकरणका लागि इन्द्रावती गाउँपालिका–११ बोडगाउँमा समुदायस्तरीय ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा भएको अभियानसँगै अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम पनि सम्पन्न भएको हो। कार्यक्रममा घर–घर तथा वरपर रहेका पानी जम्ने स्थानको पहिचान गरी एडिस जातको पोथी लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने अभ्यास गराइएको थियो। जनस्वास्थ्य कार्यालयका […]

Continue Reading

इन्द्रावती–३ मा एकीकृत घुम्ती शिविर सम्पन्न, १ सय ४५ जनाको स्वास्थ्य परीक्षण

सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिकाले “सेवाप्रवाह घरदैलोमा” अभियानअन्तर्गत वडा नं. ३ मा एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ। स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकसँगको साझेदारीमा आयोजित शिविरमार्फत स्वास्थ्य, राष्ट्रिय परिचयपत्र तथा पशुपक्षीसम्बन्धी सेवा एकै स्थानबाट प्रदान गरिएको हो। शिविरमा स्वास्थ्यतर्फ १ सय ४५ जनाको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ। परीक्षण गरिएकामध्ये १ सय ३ महिला र ४२ पुरुष रहेका […]

Continue Reading

चौतारा साँगाचोकगढी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

सिन्धुपाल्चोक, चौतारा चौतारा साँगाचोकगढी नगरपालिकाले पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरेको छ। नगर स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा नगर प्रमुख तथा नगर खोप समन्वय समिति संयोजक कृष्णप्रसाद सापकोटाको अध्यक्षता रहेको थियो। कार्यक्रममा नगर उपप्रमुख सीता थापा, वडा नं. १३ का अध्यक्ष रामप्रसाद गौतम, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दीपक अर्याल, विभिन्न […]

Continue Reading

जलबिरेमा रक्तदान कार्यक्रम सम्पन्न, ५२ जनाद्वारा रक्तदान

“रक्तदान जीवनदान, सुनकोशी–इन्द्रावती समाजको अभियान” भन्ने मूल नाराका साथ सिन्धुपाल्चोकको जलबिरेमा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा १८ वर्षदेखि ६० वर्ष उमेर समूहका ५२ जनाले रक्तदान गरेका थिए ।रक्तदान गर्नेहरूमध्ये आनन्द माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बचुराम भ०डारीले १८ औँ पटक रक्तदान गर्नुभएको जानकारी दिनुभयो । त्यसैगरी आनन्द माविका ५७ […]

Continue Reading

मेलम्ची नगरपालिकाद्वारा बजार अनुगमन : म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्री जफत गरी नस्ट 

उपभोक्ताको संरक्षण, बजार अनुशासन कायम तथा व्यवसायिक पारदर्शिता सुदृढ गर्ने उद्देश्य सहित मेलम्ची नगरपालिकाले तीनदिने सशक्त बजार अनुगमन अभियान सम्पन्न  गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयुक्त पहलमा मेलम्ची नगरपालिकाले “मूल्य पारदर्शिता सप्ताह” अन्तर्गत नगरपालिकाभित्रका विभिन्न बजार क्षेत्रमा अनुगमन अभियान सञ्चालन गरिएको […]

Continue Reading

एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान अन्तर्गत बलेफी -४ मा स्वास्थ्य शिविर सम्पन्न

बलेफी गाउँपालिका -४ फ्याफुल्ल युवा क्लव डांडागाउँमा बिहिवार आयोजित स्वास्थ्य शिविरमा ६५३ ले सेवा लिएका छन ।एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान अन्तर्गत सेवा प्रवाह गरिएको हो । विशेषज्ञ चिकित्सकसहित जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा बलेफी गाउँपालिका लगायतको समन्वयमा आयोजित शिविरमा सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत, मुख,क्षयरोगको स्कृनिङ, एक्सरे सेवा , स्त्री […]

Continue Reading

जलविरेमा स्वास्थ्य शिविर पहिलो दिन ७६० जनाले सेवा लिए

बलेफी गाउँपालिका-१ जलविरेमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान अन्तर्गत सेवा प्रवाह गरिएको हो ।विशेषज्ञ चिकित्सकसहित जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा बलेफी गाउँपालिका लगायतको समन्वयमा जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत, मुख,क्षयरोगको स्कृनिङ, एक्सरे सेवा , स्त्री तथा प्रसूति, स्वास्थ्य परीक्षण, उपचार […]

Continue Reading

मेलम्ची नगरपालिकामा शारीरिक अपाङ्गता पहिचान तथा पुनर्स्थापन घुम्ती शिविर सम्पन्न

मेलम्ची । मेलम्ची नगरपालिका भित्रका शारीरिक अपाङ्गता भएका बालबालिकाका लागि लक्षित घुम्ती शिविर सम्पन्न भएको छ। मेलम्ची नगरपालिका र विकलाङ्ग मित्र समूह तथा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (HRDC) बनेपा, काभ्रेपलाञ्चोकको सयुक्त आयोजनामा १८ वर्षसम्मका बालबालिकाका लागि अपाङ्गता पहिचान,शारीरिक स्वास्थ्य परीक्षण, सहायक सामग्री नापजाँच तथा पुनर्स्थापन सेवा प्रदान गरिएको हो । शिविरमा अपाङ्ग बाल […]

Continue Reading

हेलम्बु–६ मा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

हेलम्बु गाउँपालिका–६ मा एचआइभी/एड्ससम्बन्धी लान्छना तथा भेदभाव कम गर्न जनप्रतिनिधि , सरोकारवाला निकाय, प्रहरी, पत्रकार, एचआईभी संक्रमित तथा मुख्य जोखिम समुहहरुमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना, हेलम्बु गाउँपालिका तथा लाइफ भर्सेस एडिक्सनको समन्वय /सहकार्यमा आयोजित कार्यक्रम आयोजना गरिएको हो । हेलम्बु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराईले एचआइभी/एड्सबारे समाजमा रहेको […]

Continue Reading

इन्द्रावती गाउँपालिकामा एकैदिन ५० भन्दा बढी पसलमा अनुगमन, म्याद, मूल्यसूची र स्वच्छता जाँच

नवलपुर । इन्द्रावती गाउँपालिकाभित्रका विभिन्न स्थानहरूमा रहेका पसल तथा व्यवसायिक प्रतिष्ठानहरूमा व्यापक बजार अनुगमन गरिएको छ। गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक शोभाना तामाङको समन्वयमा गाउँपालिकाका वडा नम्बर २, ३, ४, ७, १०, ११ र १२ का विभिन्न बजार क्षेत्रमा गरिएको हो। अनुगमन टोली ५० भन्दा बढी पसल, किराना स्टोर, होटल–रेस्टुरेन्ट, औषधि पसल, भेटेरिनरी लगायतका […]

Continue Reading