गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर, यस्ता कार्यक्रम निरन्तरता दिन नगरप्रमुख तामाङको आग्रह

मेलम्ची । मेलम्ची नगरपालिका वडा नं. ९ स्थित श्री क्यौले ठाना आधारभूत विद्यालयमा सोमबार नव आशा गृह क्लिनिक संस्था काठमाडौको सहयोग र मेलम्ची नगरपालिकाको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो। मेलम्ची नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त शिविरमा डा. राजु खतिवडा र सजल तवनवासुको टोलीले स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान […]

Continue Reading

मेलम्ची नगरपालिका द्वारा असल अभ्यास सिकाईका लागी बुढानिलकण्ठ नगर अस्पतालसँग छलफल

मेलम्ची । मेलम्ची नगरपालिका द्वारा बुढानिलकण्ठ नगरपालिकाले संचालन गरेको नगर अस्पतालको असल अभ्यासका सिकाई ज्ञान सीप र प्रविधी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिकाले सञ्चालन गरिरहेको नगर अस्पतालको सफल अनुभवलाई आधार बनाएर मेलम्ची नगरपालिकाले आफ्नै नगर अस्पताललाई दिगो, प्रभावकारी र आधुनिक बनाउन आवश्यक रणनीति र कार्ययोजना तयार गर्न यस कार्यक्रम आयोजना गरिएको […]

Continue Reading

सिपापोखरे स्थास्थ्य चौकीमा बर्थिङ सेन्टरको उद्घाटन

नवलपुर ।ईन्द्रावती गाउँपालिका वडा नम्बर ८ को सिपापोखरे स्थास्थ्य चौकीमा बर्थिङ सेन्टरको औपचारिक रुपमा उद्घाटन भएको छ । ईन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यतामा बर्थिङ सेन्टरको उद्घाटन गरीएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष नेपालले बच्चा, आमा र परिवारका लागि वर्थिङ सेन्टर अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । गर्भ परिक्षण सहितको सुविधाबाट बञ्चित रहँदै […]

Continue Reading

पाँचपोखरी थाङपालमा टेलिमेडिसिन सेवा सुरु

स्वास्थ्य सेवा पहुँचलाई प्रविधिमैत्री बनाउने उद्देश्यले पाँचपोखरी थाङपाल गाउँपालिकामा टेलिमेडिसिन सेवा सुरु गरिएको छ। भक्तपुर अस्पतालसँगको सहकार्यमा सञ्चालित यो सेवा आज परिक्षण चरणमा सफलतापूर्वक सम्पन्न गरिएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयका मन्त्री किरण थापाको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले निर्देशन दिएअनुसार सेवा सञ्चालन गरिएको हो। टेलिमेडिसिनमार्फत अब स्थानीय बासिन्दाले भक्तपुर अस्पतालका विशेषज्ञहरूसँग प्रत्यक्ष […]

Continue Reading

सिन्धुपाल्चोक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

चौतारा । सिन्धुपाल्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका १६ महिनादेखि ५९ महिनासम्मका २ हजार २ सय ५० बालबालिकाले सबै अनिवार्य खोप प्राप्त गरेको पुष्टि भएपछि आज शुक्रबार चौतारामा आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले घोषणा गर्नुभएको हो । कार्यक्रममा मन्त्री थापाले खोप व्यवस्थापनका कारण शिशु मृत्युदर […]

Continue Reading

हजार दिनका आमाहरूलाई पोषण तथा जीविकोपार्जनका लागि तिन दिने अभिमुखिकरण ज्यामिरेमा सुरु

मेलम्ची ।बहुक्षेत्रिय पोषण योजना अन्तर्गत सुनौला हजार दिनका आमाहरूलाई पोषण तथा जीविकोपार्जनका लागि ३ दिने अभिमुखिकरण कार्यक्रम मेलम्ची – ९ ज्यामिरेमा सुरु भएको छ । कार्यक्रममा बोल्दै उपप्रमुख उमा प्रधानले बालबालिका हाम्रो भविष्यका कर्णधार भएकाले बालबालिकामा लगानी गर्न मेलम्ची नगरपालिका सधै प्रतिवद्द रहेकोले आफ्ना बालबालिकाहरूलाई सुनौलो १००० दिनको समयमा उचित स्याहार गर्दै यस् पालिकाबाट जीविकोपार्जनका […]

Continue Reading

ईन्द्रावती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपन घोषणा

नवलपुर ।ईन्द्रावती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपन घोषणा गरिएको छ । राष्ट्रिय पूर्णखोप सुनिश्चितता निर्देशिका बमोजिम गाउँपालिका भित्रका सबै वडाहरूमा १६ महिना देखि २३ महिना सम्मका सबै वालवालिकालाई १५ महिनाको उमेर भित्र पाउन पर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित भएकोले गाउँपालिकामा आज एक कार्यक्रम गरि पूर्ण खोप सुनिश्चितता र दिगोपन घोषणा गरिएको […]

Continue Reading

बिश्व रक्तदाता दिवसको अवसरमा फट्केश्वरमा ४० जनाले गरे रक्तदान

फटकशिला , मेलम्ची नगरपालिका  -१३ फट्केश्वरमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छ्न । नेपालथोक युवा क्लबको आयोजना तथा नेपाल रेडक्रस साेसाईटि सिपाघाट उपशाखाको प्राविधिक सहयोग र मेलम्ची -१३ नं वडाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हाे । कार्यक्रममा ८ महिला र ३२ पुरुष गरि ४० ले रक्तदान गरेकाे रेडक्रस सिपाघाट उपशाखाका सभापति केशव डोटेलले […]

Continue Reading

मेलम्ची पूर्ण खोप सुनिश्चित पालिका घोषणा

“पूर्ण खोप, सुरक्षित भविष्य” भन्ने नाराका साथ मेलम्ची नगरपालिकालाई आर्थिक वर्ष २०८१/०८२ का लागि पूर्ण खोप सुनिश्चितता र दिगोपनाको घोषणा गरिएको छ। बिहीबार मेलम्ची नगरपालिकामा आयोजित विशेष समारोहमा नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा यो महत्वपूर्ण घोषणा गरिएको हो । कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाध्यक्षहरू, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उल्लेखनीय […]

Continue Reading

हेलम्बु गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

हेलम्बु । हेलम्बु गाउँपालिकालाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना” घोषणा गरिएको छ। एक औपचारिक समारोहका बीच गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको अध्यक्षतामा घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले हेलम्बु गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा पुर्‍याएका उपलब्धिहरूको चर्चा गर्दै स्वास्थ्य पूर्वाधार, […]

Continue Reading