मेलम्ची ९ नम्बर वडाको कार्यालय भवन शिलान्यास

रेडियो मिसन, ज्यामिरे ।मेलम्ची नगरपालिका वडा नम्वर ९ ज्यामिरेको वडा कार्यालय भवन शिलान्यास गरिएको छ । बिहिवार एक कार्यक्रमका बिच नगर प्रमुख आइतमान तामाङ र वडा अध्यक्ष किरणदिप खड्काले भवनको शिलान्यास गर्नुभएको हो । जुगल हिमशिखर/केदार निर्माण सेवा जेबीले जिम्मा पाएको भवनको २०८० असार २० गतभित्र सम्पन्न गरिसक्नुपर्ने छ । भवन निर्माणको लागी २ करोड […]

Continue Reading

गुफाडाँडामा बनभोज तथा मनोसामाजिक परामर्श सम्पन्न

रेडियो मिसन, गुफाडाँडा । मेलम्ची ९ गुफडाँडामा हेलम्बु गाँउपालिका वडा नम्बर ७ को आयोजनामा वनभोज तथा मनोपरामर्श सम्पन्न भएको छ । हेलम्बु ७ का विद्यालयहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । पर्यटकीय स्थलको रुपमा परीचित गुफाडाँडामा आन्तरिक तथा वाह्य पर्यटकहरुको घुंईचो लाग्ने गरेको छ । विभिन्न ठाँउबाट […]

Continue Reading

पाँचपोखरीमा मिति गुज्रेका साँढे ६ लाख भन्दा बढीको सामान नष्ट

रेडियो मिसन, पाँचपोखरी ।पाँचपोखरी थाङ्पाल गाउँपालिकाले गाउँपालिका भित्रको बजार अनुगमन तथा निरिक्षण गरेको छ । गाउँपालिकाले वडा नम्बर १ देखि ८ सम्मका २१२ वटा पसल अनुगमन गरि अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु जफत गरि नष्ट समेत गरिएको गाउँपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिनुभयो । गाउँपालिकाले गरेको अनुगमनमा प्रायजसो मिति गुज्रेको सामान भेटिएको र यसले मानिसको […]

Continue Reading

जिल्ला समन्वय समितिद्धारा नव निर्मित वडा कार्यलय भवनको अनुगमन

रबिन दनुवार, नवलपुर ।जिल्ला समन्वय समितिले नव निर्मित वडा कार्यलय भवनको अनुगमन गरेको छ । इन्द्रावती गाउँपालिकामा पालिका र समितिको लागत साझेदारीमा निर्मित वडा कार्यलय भवनहरुको जि.स.स. प्रमुख बालकृष्ण श्रेष्ठ सहितको टोलीले भवनको अनुगमन गरिएको हो। जिल्ला समन्वय समितिले भवन निर्माणको लागि तीन करोड बजेट विनियोजन गरेको थियो। भवनको संरचनाको काम सम्पन्न भइसकेको गाउँपालिकाका इन्जिनियर […]

Continue Reading

लिदी पहिरोबाट विस्थापित ४१ घरधुरीले पाए जग्गाधनी पुर्जा

चौतारा । सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित भएका परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । २०७७ साउन ३० गते जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोबाट विस्थापित भएका २०९ घरधुरी मध्ये ४१ घरधुरीलाई मंगलबार जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो । सुरक्षित स्थानान्तरणका लागि चौतारा साँगाचोक गढी नगरपालिका – ४ देउरालीमा जग्गा व्यवस्थापन भई ४१ घरधुरीले […]

Continue Reading

कुञ्चोकका महिलाहरु सिस्नुलाई पाउडर बनाएर बेच्दै

रेडियो मिसन, कुञ्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका २ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्रांगारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेर गइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज्याए पनि अहिले यसले व्यावसायिक रूप लिएपछि अन्य महिला […]

Continue Reading

माघ २१ गते इन्द्रावतीको मिलनचोकमा ल्होछार विशेष वृहत सांस्कृतिक कार्यक्रम हुने

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिका पर्यटन विकास समितिको आयोजनामा “परम्परागत संस्कार र संस्कृतिको संरक्षण गरौँ, सोनाम ल्होछार पर्वलाई भव्यतापूर्वक मनाऔँ” भन्ने मूल नारा सहित, ल्होछार विशेष शुभकामना आदानप्रदान तथा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । इन्द्रावती ८ मिलनचोकमा हुने कार्यक्रम मिलनचोक युवा समाजको सहकार्यमा अर्चले युवा समाजले व्यवस्थापन गर्ने आयोजकले जनाएको छ ।  २८५९ […]

Continue Reading

सरस्वतीशङ्कर माध्यमिक विद्यालयको भवन उद्घाटन

रेडियो मिसन, बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७, थगाममा रहेको सरस्वतीशङ्कर माविको नवनिर्मित आठकोठे भवनको उद्घाटन गरिएको छ । भवनको प्रतिनिधिसभा सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विद्यालयको ६४औँ वार्षिकोत्सवका अवसरमा उद्घाटन गर्नुभएको हो । कार्यक्रमकै अवसर पारेर उहाँले समाजसेवी शङ्कर श्रेष्ठ र शेखर श्रेष्ठको बुबाआमाको विद्यालय प्राङ्गणमा निर्माण भएको अर्धकद प्रतिमाको अनावरण गर्नुभयो । […]

Continue Reading

मेलम्चीमा विद्यालय दिवा खाजा सम्बन्धी अभिमुखीकरण 

रेडियो मिसन, मेलम्ची । विश्व खाद्य कार्यक्रम WFP को प्राविधिक सहयोगमा सञ्चालित स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा परियोजना सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ ।  मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा दिवा खाजालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको नगर प्रमुख तामाङले जानकारी दिनुभयो । छलफल कार्यक्रममा उपप्रमुख […]

Continue Reading

सिन्धु विकास बैंकको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५४ जनाले गरे रगत दान

रेडियो मिसन, पाँचखाल ।  सिन्धु विकास बैंक कर्पोरेट कार्यालय बनेपाको समन्वय तथा  पाँचखाल शाखाको  आयोजनामा  पाँचखालमा आयोजित  रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छ्न । सोमबार बैंकको प्राङ्गणमा भएको रक्तदानमा कर्मचारी, स्थानीय लगायत ५४ जनाले रक्तदान गरेको  सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले जानकारी दिनुभयो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम […]

Continue Reading