रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउपालिका र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विच अन्तरक्रिया भएको छ । इन्द्रावती बृहत् खानेपानी आयोजनाको विषयमा गाउँपालिका अध्यक्ष झम्क नाथ नेपाल सहित पालिकाका जनप्रतिनिधिहरु र आयोजना प्रमुख अतुलेश कुमार कर्ण लगायत इन्जिनियरहरु विच अन्तरक्रिया भएको हो । अब आयोजनाको १५% काम मात्र हुन बाँकी रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जनाएको छ । जनश्रमदान, विवाद समाधान, छुट भएका वडाहरु र बस्तीहरुको समावेश गरि सिफारिस गर्ने सम्बन्धमा अन्तरक्रिया भएको पालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार इन्द्रावती बृहत् खानेपानी आयोजनाको निर्माण सम्पन्न गर्न उपभोक्तको तर्फबाट लागत सहभागीता व्यहोर्ने १०% काम सम्पन्न गरी सबै घरधुरीहरुलाई सबैले समन्वय गरि कार्यन्वयन गर्न अनुरोध गर्ने । खानेपानी आयोजना कार्यन्वयन गर्न केही बस्ती र केही वडाहरुमा समस्या हुने गरेकोले आयोजना, पालिका र निर्माण व्यवसायीको संयुक्त पहलमा समाधान गर्ने, त्यसैगरी इन्द्रावती वृहत् आयोजना कार्यन्वयन गर्ने क्रममा छुटेका१, २ र ३ नम्बर वडामा प्राथमिकताका साथ योजना समावेश गरिदिन संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, खानेपानी तथा ढल व्यवस्थापन विभाग र खानेपानी मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।