रेडियो मिसन, मेलम्ची ।
राष्ट्रिय स्वतन्त्र पार्टीको मेलम्ची नगर सभापतिमा गोकुल ढकाल चयन हुनु भएको छ । शनिवार मेलम्चीमा भएको नगर भेलाले ढकाललाई नगर सभापतिमा चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति माया गुरुङले जानकारी दिनुभयो ।
उपसभापतिमा रञ्जित थापा, सचिवमा भिमसेन थापा, कोषाध्यक्षमा शारदा दुलाल तथा सदस्यहरूमा राकेश श्रेष्ठ, खेमनाथ ढुंगाना, गोपिलाल तामाङ, गोकुल दंगाल, अर्जुन श्रेष्ठ, सजना श्रेष्ठ, राजकुमार चालिसे र प्रदिप तामाङ लाई चयन गरिएको छ । सांसद प्रकाश परियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रमले विभिन्न संगठनको विभाग समेत तोकेको छ ।
कार्यक्रममा केन्द्रिय सदस्य एवम् संगठन विभाग प्रमुख शंकर श्रेष्ठ, बागमती प्रदेश सभापति डाक्टर अचुतम लामिछाने, उपसभापति दिनेश हुमगाई, लगायत केन्द्र, प्रदेश र जिल्ला तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको सभापति गुरुङ जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि परियारले कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको उदय,सरकारमा सहभागि हुनुको कारण, पार्टी कसरी अगाडि बढ्दैछ लगायतका विषयमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो ।
उहाँले गाउँ, समाज र देशको लागि अहोरात्र लागिपर्नका लागि संगठनहरुलाई निर्देशन दिनुभयो । उहाँले आगामि दिनमा टोल टोलमा राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठन विस्तार गर्न सिङ्गो नगरको टिम खटिने विश्वास ब्यक्त गर्नुभयो ।