स्वास्थ्य शिविरमा एक सयले सेवा लिए

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन, नवलपुर ।
हेलम्बु गाउँपालिकाको आयोजनामा महिला विशेष पाठेघरको क्यान्सर र आङ खस्ने समस्या सम्बन्धि शिविरको आज दोस्रो दिन पाल्चोक स्वास्थ्य चौकीमा भएको छ । सो शिविरमा १०० जना महिलाहरुले सेवा लिएका छन् । जसमा भि.आइ.ए. पोजिटिभ १४ जनामा देखिएको छ ।

आङ खस्ने समस्या अन्तरगत १७ जना फस्ट डिग्री , ४ जना सेकेण्ड डिग्री, १ जना थर्ड डिग्री र १ जना फोर्थ डिग्रीका रहेको पाइएको छ भने १ जनामा सेरिकल क्यान्सर देखिएर शिर मेमोरियलमा रिफर गरिएको हेलम्बु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विदुर ज्योतिले जानकारी दिनुभयो ।

थर्ड र फोर्थ डिग्रीको आङ खस्ने समस्या भएका बिरामीलाई अप्रेशनको लागि शिर मेमोरियलमा रिफर गरिएको ज्योतिले बताउनुभयो । शिविरमा बिबिपि परिवार, शिर मेमोरियल अस्पतालका तालिम प्राप्त भि.आइ.ए. नर्सले सेवा दिएका छ्न । उ

क्त शिविर भोली हेलम्बु गाउँपालिका वडा नम्बर २ किउल स्वास्थ्य शाखामा सञ्चालन हुनेछ ।

Leave a Reply