मेलम्चीमा अहीलेसम्मकै बढी पुरस्कार राशि भएको भलिबल प्रतियोगिता हुने

रेडियो मिसन, मेलम्चीमेलम्चीमा जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । मेलम्ची पुनर्निर्माण तथा संरक्षण समिती र मेलम्ची युवा क्लवको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा खेल हुन लागेको हो । २०८० बैशाख २५ गतेबाट प्रतियोगिता सुरु हुने आयोजक समिति तथा समाजिक अभियान्ता सागर श्रेष्ठले पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो, दोस्रो र […]

Continue Reading

इन्द्रावती गाउँपालिकामा चार दिने डम्फु बनाउने तालिम सम्पन्न

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकामा ४ दिने डम्फु निर्माण तालिम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिका र तामाङ महिला विकास केन्द्रको साझेदारीमा आयोजित पालिका स्तरीय डम्फु निर्माण तालिम गाउँपालिका अध्यक्ष झम्क नेपालको प्रमुख आतिथ्यता र तामाङ महिला विकास केन्द्रका कार्यवाहक अध्यक्ष शान्ति थिङ तामाङको सभाध्यक्षमा समापन भएको हो ।   कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष […]

Continue Reading

जुगल हिमाल आरोहण गर्न कुनै शुल्क नलाग्ने

राजधानी काठमाडौबाट सबैभन्दा नजिकको जुगल हिमाल निशुल्क आरोहण गर्न पाइने भएको छ । सरकारले आगामी पाँच वर्षसम्म जुगल हिमाल नि:शुल्क आरोहण गर्न दिने भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सिन्धुपाल्चोकको जुगल हिमाल आगामी पाँच वर्षसम्म नि:शुल्क आरोहण गर्न दिने निर्णय गरेको हो । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अवस्थित् ६ हजार एक सय ५१ मिटर […]

Continue Reading

मेलम्ची ७ दुवाचौर मेलम्चीकै पहिलो र जिल्लाकै दोस्रो बालमैत्री वडा घोषणा 

रेडियो मिसन, दुवाचौर । मेलम्ची नगरपालिका वडा नं ७ दुवाचौरलाई लाई बालमैत्री वडा घोषणा गरिएको छ । मेलम्ची नगरपालिकाको सान बालमैत्री स्थानीय शासन हाम्रो अभियान भन्ने मूल नारा सहित आज एक कार्यक्रम गरि वडा लाई बालमैत्री वडा घोषणा गरिएको हो । वडाले बालमैत्री वडा घोषणाका लागी हुनपर्ने ५१ सूचक पुरा गरी बालमैत्री वडा घोषणा गरिएको हो […]

Continue Reading

मेलम्ची १० शिखरपुरको प्रशासनिक भवन उद्घाटन

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुरको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । सोमबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भवनको उद्घाट गरिएको हो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले गाँउगाँउमा सिंहदरबार भन्ने भनाई सार्थक हुँदै गएको बताँउदै भवन निमार्ण संगै अव सेवा पनि चुस्त बनाउन अनुरोध गर्नुभयो । उहाँले अब […]

Continue Reading

वडा नम्बर ८ क्यौरानीको प्रशासनिक भवन उद्घाटन

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका वडा नम्बर ८ क्यौरानीको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । आइतबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भवनको उद्घाट गरिएको वडा अध्यक्ष जित बहादुर तामाङले जानकारी दिनुभयो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले जनताको नजिकको सरकार भनेकै स्थानिय तह भएकाले जनताको दुःख सुख दुःखको सारथी बनेर सेवा दिनुपर्ने […]

Continue Reading

स्वास्थ्य शिविरमा एक सयले सेवा लिए

रेडियो मिसन, नवलपुर ।हेलम्बु गाउँपालिकाको आयोजनामा महिला विशेष पाठेघरको क्यान्सर र आङ खस्ने समस्या सम्बन्धि शिविरको आज दोस्रो दिन पाल्चोक स्वास्थ्य चौकीमा भएको छ । सो शिविरमा १०० जना महिलाहरुले सेवा लिएका छन् । जसमा भि.आइ.ए. पोजिटिभ १४ जनामा देखिएको छ । आङ खस्ने समस्या अन्तरगत १७ जना फस्ट डिग्री , ४ जना सेकेण्ड डिग्री, […]

Continue Reading

सुर्यमुखिको पशुधन सुरक्षण समितिको साधारणसभा सम्पन्न

रेडियो मिसन, मेलम्ची ।सुर्यमुखि साना किसान कृषि सहकारी संस्था लिमिटेड मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरको पशुधन सुरक्षण समितिको ८औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । समितिमा अहिले ५ हजार १ सय ९२ वटा पशुवस्तुको बिमा भएको पशुधन सुरक्षण समितिका अध्यक्ष गोविन्दप्रसाद चौलगाईंले जानकारी दिनुभयो । कार्यक्रमकि प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले सहकारीले […]

Continue Reading

रास्वपा मेलम्चीको सभापतिमा गोकुल ढकाल चयन

रेडियो मिसन, मेलम्ची ।राष्ट्रिय स्वतन्त्र पार्टीको मेलम्ची नगर सभापतिमा गोकुल ढकाल चयन हुनु भएको छ । शनिवार मेलम्चीमा भएको नगर भेलाले ढकाललाई नगर सभापतिमा चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति माया गुरुङले जानकारी दिनुभयो । उपसभापतिमा रञ्जित थापा, सचिवमा भिमसेन थापा, कोषाध्यक्षमा शारदा दुलाल तथा सदस्यहरूमा राकेश श्रेष्ठ, खेमनाथ ढुंगाना, गोपिलाल तामाङ, गोकुल दंगाल, […]

Continue Reading

मेलम्ची नवलपुर पुल निर्माण गर्न सरकार सँग सँघले जोडदार माग गर्छ अध्यक्ष धिताल

रेडियो मिसन, गुफाडाँडा ।मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर प्रसाद धितालले मेलम्ची नवलपुर पुल निर्माण गर्न सरकार सँग सँघले जोडदार माग गर्ने बताउनुभएको छ । आज सँघले मेलम्ची नगरपालिका ९ गुफाडाँडामा आयोजना गरेको नवबर्ष २०८० को शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रममा बोल्दै धितालले उक्त कुरा बताउनुभएको हो । इन्द्रावती र पाँचपोखरी गाउँपालिका सँग ब्यापारिक […]

Continue Reading