रेडियो मिसन, नवलपुर ।
राष्ट्रिय स्वतन्त्र पार्टी इन्द्रावती गाउँपालिका समितिको विस्तारित भेला हुने भएको छ । भेलाले गत जेठ ६ गते गठित तदर्थ समिति पुर्णता दिनुका साथै विभिन्न विभागहरु गठन र अन्य बिषयमा छलफल हुने भेला आयोजक समितीले जनाएको छ ।
रास्वपा सिन्धुपाल्चोक जिल्ला संयोजक माया गुरुङ लगायतको उपस्थितिमा यहि असार ९ गते शनिवार बिहान ११ बजे इन्द्रावती ८ ज्यामिरेमानेमा छलफल कार्यक्रम आयोजना गरेको बताइएको छ । छलफलमा परिवर्तन र सुशासन चहाने इन्द्रावती गाउँपालिकामा स्थायी ठेगाना भई विभिन्न स्थानमा रहेका सबैमा उपस्थित हुन आह्वानका साथ निमन्त्रण गरेको छ ।
गत जेठ ६ गते भएको पार्टीको गाउँपालिका सभाबाट जीवन बानियाँको सभापतित्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो।
साथै रास्वपाले यहि असार ७ गते स्थापनाको एक वर्ष पुगेको अवसरमा स्थापना दिवस मनाउँदैछ ।