रेडियो मिसन, नवलपुर ।
नेपाली काँग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति बिकास लामाको निधन भएको छ । लामो समयदेखी क्यानसरबाट पिडित ६४ बर्षिय लामाको उपचारको क्रममा शुक्रबार राती काठमाडौंको बिर अस्पतालमा निधन भएको हो ।
विद्यार्थीकाल देखिनै नेपाली काँग्रेसको राजनितिमा सक्रिय भुमिका निर्वाह गर्दै आएका लामा तेह्रौं महाधिबेशनमा नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापतीमा निर्वाचित हुनुभएको थियो । नेपाली काँग्रेसमा एउटा सादगी नेताको रुपमा परिचित लामा काँग्रेसको चौधौं महाधिबेशनमा सह महामन्त्रीका प्रत्यासी हुनुहुन्थ्यो ।
लामाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागी शनिबार दिनभर काठमाडौं बौद्ध तिनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाह संस्कार गरिने नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति जंग बहादुर लामाले जानकारी दिनुभयो ।
लामाको निधनमा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत, संधिय सांसद माधव सापकोटा सुबोध, पूर्व संसद शेरबहादुर तामाङ लगायत जिल्लाका बिभिन्न दलका नेताहरुले दुख ब्यक्त गर्दै श्रद्धाञ्जजली ब्यक्त गरेका छन् ।
मृतक लामाको एक श्रीमती दुई छोरा र चार छोरी छन् । उहाँकी कान्छी श्रीमतीको भने यस अघिनै मृत्यु भइसकेको छ ।