रेडियो मिसन ।
वीर अस्पतालमा आजदेखि बिरामीका लागि निःशुल्क बेडको व्यवस्था गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिनुभयो ।
उहाँले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शैयाको व्यवस्था गरिएको बताबताउनुभयो । उहाँका अनुसार अस्पतालले सात सय साधारण बेड निःशुल्क गरेको छ ।
मन्त्रालयको पहलमा शैयाबापत आउने पैसाको शोधभर्ना गर्नेगरी सर्वसाधारणका लागि निःशुल्क गरिएको निर्देशक डा. पौडेलले जानकारी दिनुभयो । यसअघि बबेडमा प्रतिदिन दुई सय रुपैयाँ शुल्क लाग्ने गरेको थियो ।
अस्पतालमा क्याबिन, सघन उपचारकक्ष (आइसियू) गरी नौ सय ६० बेड रहेका छन् ।