ईन्द्रावती गाउँपालिकाद्वारा नीति तथा कार्यक्रम माथि राय सल्लाह तथा सुझाव संकलन

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।
ईन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथी सरोकारवाला संग राय सल्लाह तथा सुझाव संकलन गरेको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले पालिका बिकासमा नीति तथा कार्यक्रमको मुख्य भुमिका रहने बताउँदै कार्यपालिका बैठकबाट तयार पारेको ड्राफ्टमा छुटेका कुराहरूलाई संकलन गर्न र नीति तथा कार्यक्रमलाई औचित्यपूर्ण बनाउन सबैको राय तथा सुझाव लिन सर्वपक्षीय भेला आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष शोभना तामाङले सबैको सल्लाह सुझावले नै समृध्द पालिका बनाउन मद्दत पुग्ने र सबैको सल्लाह बमोजिम अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले नीति तथा कार्यक्रमको मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रसका नेता तथा पूर्व गृह राज्यमन्त्री बिष्णु बिक्रम थापाले बजेट ततर्जुमा गर्दा कतिपय स्थानीय तहले कार्यकर्ता पाल्ने हिसाबले मात्रै बजेट बिनियोजन गर्ने गरेको बताउँदै इन्द्रावती गाउँपालिकाले त्यसो नगर्न सुझाव दिनुभयो । साथै नीति कार्यक्रममा समेटिएका कुराहरुसबै कार्यन्वयन भएमा नमुना पालिका बन्नेमा दुईमत नरहेको उहाँले बताउनुभयो ।

त्यस्तै कार्यक्रमका बिशेष अतिथि गाउँपालिकाका निवर्तमान अध्यक्ष बंशलाल तामाङले नीति तथा कार्यक्रम राम्रो रहेको तर यस सँग अब बजेटको तालमेल मिल्नपर्ने बताउनुभयो । अधिल्लो वर्षको नीति तथा कार्यक्रम सँग मिल्दोजुल्दो नै देखिएको बताउँदै उहाँले गत वर्षका उपलब्धीलाई पनि समेटेमा राम्रो हुने सुझाव दिनुभयो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष नेपालले संघ र प्रदेशले बजेटमा ईन्द्रावती गाउँपालिकालाई बेवास्था गरेको बताउनुभयो । गाउँपालिकाले संस्थागत रुपमा छलफल गरेर पठाएको निर्णयलाई समेत लत्याएर संबिधानतः पाउनुपर्ने समपुरक बजेट समेत नदिएकाले गाउँपालिकाले तयार पारेको नीति तथा कार्यक्रमलाई पुरा गर्न चुनौती रहेको बताउनुभयो ।

नीति तथा कार्यक्रम चित्तबुझ्दो रहेको तर यसलाई अक्षरस कार्यन्वयन गर्न सके मात्रै गाउँपालिकाले राखेको लक्ष्य प्राप्त गर्न सकिने अधिकांश वक्ताहरुले धारणा राखेका थिए ।

Leave a Reply