रेडियो मिसन, मेलम्ची ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेलम्ची आउनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न प्रचण्ड आज मेलम्ची आउनुभएको हो ।
प्रधानमन्त्री दाहाललाई नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेत, वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, वाग्मती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले मेलम्चीमा स्वागत गर्नुभएको थियो। गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री दाहालले स्थलगत अवलोकन गर्दै आउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डको साथमा खानेपानीमन्त्री महिन्द्र राय यादव, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेत, वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, वाग्मती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले आयोजनाको स्थलगत अवलोकन गर्नुभएको छ ।
अवलोकनपछि प्रधानमन्त्री दाहालले स्थानीय पदाधिकारीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।