अनेरास्ववियुद्धारा एसइईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी सिन्धुपाल्चोकले परीक्षा एसइईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान सहित छात्रवृति व्यवस्थापन गरेको छ । काठमाडौको पशुपति बहुमुखी क्याम्पसमा एक कार्यक्रमकाबिच अनेरास्ववियु सिन्धुपाल्चोकले सिन्धुपाल्चोक जिल्लाभरबाट अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला आयोजक कमिटीले माध्यमिक शिक्षा परीक्षा २०७९ को एसइईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रमाण पत्र सहित बधाई तथा सम्मान गरेको हो […]

Continue Reading

हेलम्बुले +2 का विद्यार्थीलाई एउटै केन्द्रमा राखेर पढाउँदै

हेलम्बु गाउँपालिकाले ११ र १२ (प्लस टू) का विद्यार्थीलाई एउटै केन्द्रमा राखेर अध्यापन गराइरहेको छ।  गाउँपालिकाभित्र रहेका तीनवटा प्लस टू विद्यालयका सबै विद्यार्थीलाई एउटै केन्द्रमा राखेर अध्यापन गराएको हो। ती विद्यार्थीलाई पढाउन गाउँपालिकाले हेलम्बु टिचिङ सेन्टर स्थापना गरिएको छ।   सो केन्द्रमा वडा नं २ को भूमेश्वरी माध्यमिक विद्यालय, वडा नं ४ को सरस्वती मावि र […]

Continue Reading

बाह्रबिसे शिक्षा प्रमुख घिमिरेलाई अख्तियारको पत्र

रेडियो मिसन ।बाह्रबिसे नगरपालिका शिक्षा शाखा प्रमुख कल्पना घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापरीक्षक नियुक्ति र पारिश्रमिकमा जथाभावी गरेको भन्दै यथार्थ विवरण पठाउन पत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय चौतारामार्फत बाह्रबिसे नगरपालिकालाई पठाइएको आयोगको चं नं ४१००९ मिति ०७९/११/२९ को पत्रमा शिक्षा प्रमुखले मनोमानी तरिकाले लेखापरीक्षक नियुक्ति गरेका विषय मुख्य छन् । लेखापरीक्षकको पारिश्रमिक […]

Continue Reading

इन्द्रावतीमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण कार्यशाला सम्पन्न

रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिकामा बिद्यालय शिक्षको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण कार्यशाला भएको छ । गाउँपालिका अध्यक्ष झम्क नेपालको अध्यक्षतामा सम्पन्न कार्यशालामा पाठ्यपुस्तकका लागी तयार पारिएको ड्रफ्टको बारेमा छलफल गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष नेपालले पाठ्यपुस्तक निर्माण गर्दा शब्दावलीहरु तथा […]

Continue Reading

कालिकाशरण आवि मेलम्ची नगरकै पहीलो पत्रुखाना निषेधीत विद्यालय

मेलम्ची नगरपालिका वडा नम्बर ३ स्थित कालिकाशरण आधारभूत विद्यालयलाइ पत्रु खाना मुक्त विद्यालय घोषणा गरिएको छ । विद्यालयको आयोजना,मेलम्ची नगरपालिकाकाको समन्वय तथा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेष्ट को सहयोगमा आज मेलम्ची नगरपालिकाकै पहिलो पत्रुखाना मुक्त विद्यालय घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् वडा नम्बर ३ का वडा अध्यक्ष कुमार बन्जराले बालबालिकालाई […]

Continue Reading

बाल बिबाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन

उज्ज्वल तारा सिर्जनशील महिला संस्थाको आयोजना तथा मेलम्ची नगरपालिकाको सहयोगमा मेलम्ची नगरपालिका वडा नम्बर २ भोटेचौरमा बाल बिबाह न्यूनीकरण सम्बन्धि सडक नाटक प्रदर्शन गरिएको छ । पछिल्लो समय समाजमा बढ्दै गएको बाल बिबाहलाइ न्यूनीकरण गर्दै समाजमा सचेतना फैलाउने उद्देश्यले भोटेचौर स्थित जाल्पादेवि माध्यमिक विद्यालयमा नाटक प्रदर्शन गरिएको संस्थाका अध्यक्ष नमुना कोइरालाले जानकारी दिनुभयो । बालबालिका […]

Continue Reading

सुनकोशीमा स्थानीय पाठ्यक्रम लागु

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले पालिकाभरका सामुदायिक तथा निजीविद्यालयहरुमा शैक्षिक सत्र ८०÷८१ बाट स्थानीय पाठ्यक्रम लागु गरेको छ । गाउँपालिकाभरकाविद्यालयका कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरेर बैशाख देखि नै पठन पाठन सुरुगरेको हो । गाउँपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रमको सुनकोशी गाउँपालिकाकाअध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले सार्वजजिनक गर्नुभएको छ । नेपालको संविधानले परिलक्षीत गरे बमोजीम स्थानीय पाठ्यक्रम […]

Continue Reading

जलवाई देवी माबि क्यौरानीमा अक्षयकोष स्थापना तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

रेडियो मिसन, मेलम्ची । जलवाइ देवि पुर्व विद्यार्थी समाज अक्षयकोष स्थापना तथा सांस्कृतिक कार्यक्रम साथै पोषाक एवं शैक्षिक सामग्री वितरण कार्यक्रम मेलम्ची ८ क्यौरानीमा सम्पन्न भएको छ । जल वाई देवि माध्यमिक विद्यालय तथा वडा बाल संजालको आयोजना, भुजेल मानवसेवा संस्कृति पुजा केन्द्रका प्रोपाइटर प्रकाश भुजेलको पोषाक ब्यबस्थापन तथा वडा नम्बर ८ को ब्यबस्थापन सहयोगमा […]

Continue Reading

बाल सुधार माबिको व्यवस्थापन समिती अध्यक्षमा नवराज सुवेदी चयन

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका वडा नं ७ स्थित श्री बाल सुधार माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिती गठन प्रकिया सम्पन्न भएको छ । शिक्षा शाखाका प्रतिनिधि सुनिल कुमार भण्डारीको प्रमुख आतिथ्य र वडा नं ७ का वडा अध्यक्ष तथा वडा शिक्षा समिती संयोजक पासाङ तामाङको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । बुधबार भएको भेलाबाट […]

Continue Reading

धर्म गुरु प्रकाश भुजेलद्वारा लाभगाउँका बिद्यार्थीहरुलाई शैक्षिक समाग्रीका प्याकेज बितरण

रेडियो मिसन, लाभगाउँ । धर्म गुरु प्रकाश भुजेलले मेलम्ची नगरपालिका ८ लाभगाउँमा रहेको लाभगाउँ आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई बिभिन्न शैक्षिक समाग्रीहरु हस्तान्तरण गर्नुभएको छ । नेपाली काँग्रेस मेलम्ची नगरपालिका वडा नम्बर ८ का उप सभापति अरुण तामाङको समन्वयमा मानव सेवा संस्कृति पुजा केन्द्रकोका सञ्चालक तथा समाजसेवी समेत रहनुभएका भुजेलले बिद्यार्थीहरुका लागी आवश्यक ट्र्याकसुट, भोला, लगायत सम्पूण […]

Continue Reading