आँखा पाक्ने रोग देखिएमा मेलम्चीका विद्यालयहरु बन्द गर्न सकिने

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

मेलम्ची नगरपालिकामा आज बसेको आपतकालिन बैठकले आँखा पाक्ने रोग देखीएमा विद्यालयहरु बन्द गर्न सकीने निर्णय गरेको छ ।


मेलम्ची नगरपालिकामा फैलिएको आँखा पाक्ने रोग (एडिनो भाइरस कन्जन्टिभाइटिस)  को प्रकोपको कारणले केहि विद्यार्थीहरुमा संक्रमण देखिएकाले पालिकाभित्र संचालित विद्यालयहरु आवश्यकता अनुसार सम्बन्धित वडा शिक्षा समितिको निर्णयले विदा दिन सक्ने निर्णय गरेको हो । नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा बैठक बसेको थियो ।


विद्यार्थीमा भाइरल कन्जक्टिभाइटिस देखिएसँगै मेलम्ची नगरपालिकाले संक्रमणलाई बढ्न नदीनका लागि विद्यालय बन्द गराउने जनाएको छ । सबैभन्दा बढी बालबालिकामा सङ्क्रमण देखिएको छ । पछिल्लो समय देशैभर आँखाको आँखा पाक्ने समस्या देखिएको छ ।


जिल्लाका विभिन्न ठाउँमा आँखा पाक्ने रोगको सङ्क्रमण बढ्न थालेको छ । एक्कासी एउटा अथवा दुवै आँखा रातो हुने, आँखा धेरै चिलाउने, कचेरा लाग्ने वा टाँसिने, आँखाबाट आँसु बगिरहने, आँखा सुन्निने आँखा पाक्ने रोगको लक्षण हुन् । यसबाट बच्न जथाभावी रूपमा आँखा नछुने, आँखा छुनुभन्दा पहिले राम्ररी साबुनपानीले हात सफा गर्ने, सफा पानीले आँखा सफा गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।


आँखा पाक्ने रोग लागि सकेपछि पटकपटक सफा चिसो पानीले आँखा सफा गर्ने, आँखा छोइसकेपछि हरेक पटक साबुन पानीले हात धुनुपर्ने उनिहरुले बताएका छन् ।

Leave a Reply