समुहमा काम गरे शैक्षिक गुणस्तर अभिवृद्वि गर्न सकिन्छ : अध्यक्ष खड्का

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक


ज्यामिरे । मेलम्ची नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष किरणदिप खड्काले टिम वर्क नभएमा शैक्षिक गुणस्तर अभिवृद्वि हुन नसक्ने बताउनुभएको छ । शैक्षिक गुणस्तर बृद्विको लागी प्रधानाध्यापक, विव्यस, अभिभावक, जनप्रतिनिधि सबै जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दीनुभएको छ ।
शैक्षिक गुणस्तर अभिवृद्वि गर्न मेलम्ची ९ द्वारा आयोजित सरोकारवालाहरु संगको २ दिने अन्तरक्रियात्मक अभिमुखिकरण उहाँले सो कुरा बताउनुभएको हो । ज्यामिरेको जनता माविमा १७ बुँदे सामुहिक प्रतिवद्वता जारी गर्दै कार्यक्रम समापन भएको छ ।
मेलम्ची नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख आइतमान तामाङले शैक्षिक गुणस्तर अभिवृद्विको लागि निरन्तर नगरपालिकाको टिम खटिरहेको जानकारी दिनुभयो । यस बर्ष नगरपालिकाले शिक्षामा १० करोड लगानी गर्ने उहाँले जानकारी दिनुभयो । शैक्षिक गुणस्तर अभिवृद्विको लागि जहाँ आवस्यकता छ त्यहाँ लगानी गर्न आफु तयार रहेको जानकारी समेत दिनुभयो ।

Leave a Reply