ईन्द्रावतीमा MGML को बार्षिक समिक्षा तथा स्थानिय सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । बहुकक्षा बहुस्तर शिक्षण सिकाइ कार्यक्रम ईन्द्रावतीमा २०७६ देखी लागु भईरहेको छ । हाल इन्द्रावतीको १३ वटा विद्यालयमा MGML विधिबाट शिक्षण सिकाई भईरहेको छ ।
कार्यक्रममा बोल्दै ईन्द्रावती गाउँपालिकाका अध्यक्ष, झम्कनाथ नेपालले पालिकाको तर्फबाट गर्नुपर्ने काम गरेको डाटाले पनि देखाएको बताउनुभयो । सबै मिलेर अधि बढ्दा यो MGML विधि प्रभावकारी रूपमा लागू हुने उहाँले बताउनुभयो । शिक्षण सिकाईको स्तर वृद्वि गर्नको लागि धेरै उपायहरु अपनाएको उहाँले बताउनुभयो । आफु निर्वाचित भएर आउँदा ४७ प्रतिशत शिक्षण सिकाइ उपलब्धी रहेकोमा अहिले ४७ बाट ६२ प्रतिशतमा पुगेको उहाँले बताउनुभयो । चालू शैक्षिक बर्षमा ७० प्रतिशत उपलब्धि हाँसिल गर्ने लक्ष्य रहेको अध्यक्ष नेपालले बताउनुभयो । विद्यालयका प्रधानाध्यापकहरुसँग ५० भन्दा कम शिक्षण सिकाई उपलब्धी हाँसिल गरेमा स्वत् राजिनामा हुने उहाँले बताउनुभयो । शिक्षाको गुणस्तर विना कुनै बिकास सम्भव नरहेको उहाँले बताउनुभयो । MGML शिक्षण सिकाई वैज्ञानिक रहेको उहाँले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष, शोभना तामाङले हाल ९ वटा वडामा मात्र यो विधि लागू गरिएकोमा १२ वटै वडामा MGML विधि बाट शिक्षण गर्न सके शैक्षिक गुणस्तर वृद्वि हुने बताउनुभएको छ ।
तालिम प्राप्त शिक्षकले विद्यालय छाड्दा सिकाईमा प्रभाव पर्ने वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामाले बताउनुभयो । पछि आउने शिक्षक तालिम प्राप्त नहुँदा सिकाइ प्रभावकारी नहुने उहाँको भनाई छ ।
MGML सिकाइ विधि प्रभावकारी रहेकाले वडाको ५ वटै विद्यालयमा गर्न खोज्दा हाल ३ वटामा यो विधि लागू भएको वडा नम्बर ४ का वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले बताउनुभयो । सकेसम्म पालिकाका सबै विद्यालयहरुमा यो कार्यक्रम लागु गर्नुपर्ने उहाँले बताउनुभयो ।
MGML विधि बाट पढाउन तालिम प्राप्त शिक्षक कम रहेकाले यसको संख्या बढाउनुपर्ने वडा नम्बर ८ का वडा अध्यक्ष डिल बहादुर श्रेष्ठले बताउनुभयो । १,२ जनाले मात्र तालिम लिएको हुँदा उनिहरु नहुँदा समस्या हुने उहाँले बताउनुभयो ।
विव्यस, अभिभावक, विद्यार्थी सबैको बैठक राखेर विद्यार्थी समयमै विद्यालय जानुपर्ने वडा नम्बर १० का वडा अध्यक्ष रामचन्द्र घिमिरेले बताउनुभयो । विद्यालय अनुगमन प्रभावकारी रुपमा गर्नुपर्नेमा उहाँले जोड दीनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले MGML विधि बाट शिक्षण सिकाइ गर्दा शैक्षिक उपलब्धि हाँसिल गर्न सफल भएको बताउनुभएको छ । विद्यार्थी केन्द्रित विधि रहने भएकाले विद्यार्थी विद्यालयसम्म ल्याउन सहज भएको बताउनुभएको छ । विद्यालय मर्ज गर्नुपर्ने अवस्थामा यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँले बताउनुभएको छ । शैक्षिक गुणस्तर वृद्वि गर्नको लागि यो सहायक शिद्व रहेको उहाँको भर्ना छ ।
देशभर १७७ विद्यालयमा काम गरेको जर्मन नेपाल सहयोग संगका राष्ट्रिय प्रतिनिधि, केदार वहादुर तामाङले बताउनुभयो । कतिपय विद्यालयमा mनm ितालिम प्राप्त शिक्षक र प्र.अ विचमा पनि सम्बन्ध राम्रो नभएकाले यसमा समन्वय गरेर जानुपर्ने बताउनुभयो । कार्यक्रम बिकासका लागि एकताका प्रतिनिधी प्रदीप हुमाँगाईले सहजीकरण गर्नुभएको थियो ।