रेडियो मिसन ।
मेलम्ची नगरपालिका वडा नम्बर ८ केउरिनीको श्री जलवाई देवि माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई आखाँ पाक्ने रोग रोकथाम तथा नियन्त्रणका लागि चस्मा तथा आइ ड्रप बितरण गरिएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि समाजसेवी युवा नेता प्रकाश सापकोटा, अस्री अटो माबाइल्स प्रालि का सञ्चालक मनिषराज पाण्डे र सन्तोष रोकाको सहयोगमा उपलब्ध गराएको उक्त समाग्री बिहिबार बितरण गरिएको हो ।
नेपाली काँग्रेस मेलम्ची ८ का उपसभापती अरुण लामाको समन्वय र सहजिकरणमा प्राप्त १०० वटा आईड्रप र ४२ वटा चस्मा आँखामा समस्या भएका बिद्यार्थीहरुलाई बितरण गरिएको बिद्यालय ब्यवस्थापन समिति सदस्य जयराम तामाङले जानकारी दिनुभयो ।
“सहयोगी मनहरुबाट प्राप्त स्वास्थ्य समाग्री काठमाडौबाटै आफैले ल्याएर बिद्यार्थीहरुलाई बितरण गरेको र यसबाट समस्यामा भएका भाइ बहिनीहरुलाई केही रहात र अरुलाई नसर्ला भन्ने अपेक्षा गरेको छु,” तामाङले भन्नुभयो ।
यो रोग भिडभाड हुनेठाउँमा छिट्टै एकबाट अर्कोमा सर्ने भएकोले संक्रमितले चस्मा लगाएपछि यसको रोकथाममा सहयोग पुग्ने बिद्यालयले जनाएको छ ।