रेडियो मिसन ।
अन्तर्राष्ट्रिय कोदोजन्य बाली बर्ष २०२३ अन्तर्गत “विद्यालय कोदोजन्य बाली अभियान” मनाइएको छ । नेपाल सरकार कृषि तथा पशुपन्क्षी बिकास मन्त्रालय, कृषि बिभाग, बाली बिकास तथा कृषि जैविक बिबिधता संरक्षण केन्द्र, संयुक्त राष्ट्र संघिय खाद्य तथा कृषि संगठन तथा कृषि तथा पशुपन्क्षी बिकास मन्त्रालय, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लस्टर ईकाई सिन्धुपाल्चोक को आयोजनामा दोलखा र सिन्धुपाल्चो जिल्लामा चार दिने कार्यक्रम सम्पन्न गरिएको छ ।

यस कायक्रमको बिच, एफ ए ओ नेपालका कार्यक्रम प्रशिक्षार्थी हिमानी ओली र एफ ए ओ नेपालका सञ्चार सहायक रोजिता मिश्रले यस अभियानबारे प्रष्टाउने, कोदोको परिचय, महत्व, पोषण गुण, मानब स्वस्थमा फाइदा, कोदोको परिकारहरु लगायतको महत्वपुर्ण सन्देश सम्प्रेशण गर्ने कार्यमा सहजिकरण गर्नु भएको छ ।

संयुक्त राष्ट्र संघको महासभाले मार्च २०२१ मा आफ्नो ७५ औँ सत्रमा २०२३ लाई इन्टरनेशनल इयर अफ मिल्ट्स (IYM 2023) घोषणा गरेको थियो। IYM 2023 ले साना किसानहरूलाई सशक्तिकरण गर्न, दिगो विकास हासिल गर्न, भोकमरी उन्मूलन गर्न, जलवायु परिवर्तनसँग अनुकूलन गर्न, जैविक विविधता प्रवर्द्धन गर्न, र कृषि खाद्य प्रणालीहरू परिवर्तन गर्न कोदोको सम्भावनालाई जोड दिन्छ। कोदोको अन्तर्राष्ट्रिय वर्ष 2023 ले कोदोको महत्त्वलाई अविश्वसनीय पैतृक बालीको रूपमा उजागर गर्न, तिनीहरूको पोषण मूल्यलाई प्रवर्द्धन गर्न, र उत्पादन र व्यापार वृद्धिको लागि समर्थन जुटाउन, विश्वभरका किसान र उपभोक्ताहरूलाई लाभान्वित गर्न खोजिएको छ।

कोदो कम वर्षा हुने क्षेत्र, कम उर्बर भूमिमा, सिँचित र असिँचित दुवै क्षेत्रमा लगाउन सकिने महत्वपूर्ण अन्न बाली हो । क्षेत्रफल र उत्पादनका हिसाबले नेपालमा धान, गहुँ , मकै, पछिको चौथो महत्वपूर्ण अन्न बालीको रुपमा कोदोलाई लिन सकिन्छ । नेपालमा संसारको सबैभन्दा उचाइमा हुम्लाको सिमिकोट नजिकैको बुरौन्से गाउँ (Burounse village) मा समुन्द्री सतहबाट ३१०० m उचाइमा कोदो खेती गरिएको छ।

पोषण, चिसो, खडेरी प्रतिरोध र कीट तथा रोग सहनशीलता को अनुबंसिक गुण भएको हुदा नेपाल लगाएत बिश्वमा यसको महत्व रहेको छ । यसको पोषण, स्थानीय अनुकूलन, जलवायु लचिलोपन, र जोखिम विविधीकरणलाई ध्यानमा राख्दै यसलाई “Future Smart Food” पनि मानिन्छ । सन् 2018/19 मा 263,261 हेक्टरमा खेति गरिएको कोदोको औसत उत्पादकता 1.19 टन/हेक्टर रहेको थियो जुन एक दशक पहिले 2008/09 मा 1.10 टन/हेक्टर भन्दा बढी हो । धेरैजसो क्षेत्रहरूमा परम्परागत रूपमा कोदो लगाउनेहरू ग्रामीण सडक विस्तार र रेमिटेन्स आम्दानीका कारण आर्थिक क्षमतामा सुधारसँगै कोदोबाट चामल, गहुँ र मकै तिर ढल्किएका छन् ।

गाउँ छोडी बजार सर्ने बढ्दो चलनको कारण कोदोपनि गाउँसंगै छोडिएकाले युवा पुस्ताले यसको स्वाद चाखेका छैनन् । कोदो (Finger Millet), जुनेलो (Sorghum Millet), कागुनो (Foxtail Millet), चिनो (Proso millet) सहित विभिन्न प्रकारका कोदो नेपालको विभिन्न कृषि-जलवायु क्षेत्रहरूमा उत्पादन गरिन्छ ।

कोदोको पोषण गुण: कोदो ग्लुटेन-मुक्त (Gluten free) का साथै सूक्ष्म पोषक तत्व (Micro nutrients), आहार फाइबर (Dietary Fibre), एमिनो एसिड (Amino Acids), भिटामिन (Vitamins), र उच्च प्रोटीन (Protein), क्याल्सियम (Clacium) , र फलामको (Iron) का लागि एकदमै उपयुक्त खाना हो। १०० ग्राम कोदोमा निम्न मात्रामा पौष्टिक तत्व पाइन्छः
कार्बोहाइड्रेटः ७६.३ ग्रा.
प्रोटिनः ९.२ ग्रा.
चिल्लो पदार्थः १.४ ग्रा.
रेशाः ३.५ ग्रा.
क्याल्सियमः ३६० मि.ग्रा.
फस्फोरसः२५४ मि. ग्रा.
फलामः ७.४ मि. ग्रा.
उर्जाः ३३३ क्यालोरी

कोदोको मानब स्वस्थमा फाइदा:
कोदोमा नियासिन नाम गरेको भिटामिन बि. पाइन्छ जसले शरीरमा चार सय भन्दा बढी एन्जाइम रियाकसन गर्न मदत पुर्याउँछ । कोदोमा घुलनशील फाइबरले रगतमा खराब कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्दछ जुन एथेरोस्क्लेरोसिस (Artherosclerosis) को लागि जोखिम कारक हो। कोदोले “राम्रो” कोलेस्ट्रोल स्तर बृद्धी र ट्राइग्लिसराइडहरू कम गर्छ। नियमित रूपमा कोदो खाँदा मुटुलाई स्वस्थ रा कोदो कम ग्लाइसेमिक इन्डेक्स (जि.आइ.) भएको खाना भएकाले रगतमा चिनीको मात्रालाई बढ्नबाट जोगाउन मद्दत गर्न सक्छ, जसले मधुमेह भएका मानिसहरूलाई उनीहरूको रगतमा चिनीको मात्रा सजिलैसँग व्यवस्थापन गर्न सहयोग पुर्याउँछ। ख्न मद्दत गर्छ किनकि कोलेस्ट्रोल हृदय रोगको लागि एक ठूलो जोखिम कारक हो। कोदो भिटामिन ए, भिटामिन बि., फास्फोरस, पोटासियम, नियासिन, एन्टिअक्सिडेन्टहरू, क्यालसियम, फलाम लगायतका तत्त्वहरुको पनि राम्रो स्रोत हो । कोदोको परिकारहरु :कोदोको रोटि, कोदो ढिडो, कोदो को मादक पदार्थ, कोदो को केक, कोदोको दुनोट,कोदोको बिस्कुट लगायत अन्य परिकार बनाउन सकिन्छ ।

यस कार्यक्रम इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकको नवलपुर मावी र राजेश्वरी मावि, लिसंखुपाखर गाउँपालिका सिन्धुपाल्चोकको ककलिङ् हरिसिद्धि मावी र सम्पदा मावी, कालिन्चोक गाउँपालिका दोलखाको कालिनाग मावी र कालिका मावी, तामाकोशी गाउँपालिका दोलखाको गोल्मेश्वर मावी र महेन्द्र मावी बिद्यालयहरुमा कोदोजन्य बाली अभियान सम्पन्न गरिएको छ । यसै बिच सिन्धुपाल्चोक र दोलखा जिल्ला गरी ८ वटा बिद्यालयमा र देशभरीको को १५ भन्दा बढी जिल्लाका विद्यालयहरुमा यो अभियान सम्पन्न गरिएको एफ ए ओ नेपालका कार्यक्रम प्रशिक्षार्थी हिमानी ओलीले जानकारी दिनुभयो । बिद्यालयमा यसको फाइदा बताएपश्चात बिद्यार्थीले कोदोको परिकारहरू बनाएर खाजा, खानामा यसलाई लागू गरेको बताईएको छ ।
