मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविरका साथै क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन

आफूलाई क्यान्सर लाग्दाखेरिकाे तितो पीडालाई सामर्थ्यमा परिणत गरि त्यसबेला उपचारको क्रममा भाेगेकाे आर्थिक अभावबाट पाठ सिकी आगामी दिनमा क्यान्सर प्रभावित गरिब निसहायहरुलाई सहयोग गर्नका लागि क्यान्सर विजेता हर्क लामाकाे अगुवाइमा थालिएको १८०० किलोमिटर लामो मध्य पहाडी लोकमार्ग साइकल यात्रा अभियानकाे ११ दिन मेलम्ची -१२ बाहुनेपाटी आइपुगेको छ। यस साइकल यात्रामा लिड राइडरको रुपमा हर्क लामा […]

Continue Reading

मेलम्ची नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि तेर्से माविलाई

मेलम्ची । मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि तेर्से माध्यमिक विद्यालय तालामाराङले उचालेको छ । गत २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा तेर्से मा.वि.ले ११ स्वर्ण, ८ रजत र ५ कास्य गरी कुल २४ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो । गत वर्षको विजेता इन्द्रेश्वरी माध्यमिक विद्यालयले १० स्वर्ण, ११ रजत […]

Continue Reading

मेलम्चीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख आइतमान तामाङले पानसमा बती बालेर उद्घाटन गर्नुभएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले अनुशासन नै खेलको गहना भएको उल्लेख गर्दै खेलाडीहरू अनुशासित, मेहनती र मर्यादित हुनुपर्नेमा जोड दिनुभयो। नगरप्रमुख तामाङले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र नभई भविष्यका उत्कृष्ट खेलाडी उत्पादन गर्ने महत्वपूर्ण माध्यम भएको […]

Continue Reading

सरस्वती माविको ६३ औँ वार्षिकोत्सव तथा ३२ औँ अभिभावक भेला सम्पन्न

हेलम्बु । हेलम्बु गाउँपालिका–४, ग्याल्थुम स्थित श्री सरस्वती माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा ३२औँ अभिभावक भेला सम्पन्न भएको छ। बागमती प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री माननीय कृष्णकुमार तामाङ (समीर)को प्रमुख आतिथ्यता तथा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। सिन्धुपाल्चोक जिल्लाकै पुराना विद्यालयमध्ये एक मानिने उक्त विद्यालय […]

Continue Reading

इन्द्रावतीका २९ विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण : अमेरिकाबाट राज बरालको सहयोग

​सिन्धुपाल्चोक​सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा रहेका विद्यालयका २९ जना अति विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसहित विद्यालय झोला वितरण गरिएको छ। ​विशेष गरी द्वन्द्वपीडित, आर्थिक अवस्था अत्यन्त कमजोर भएका र अभिभावक (आमाबुबा) नभएका बालबालिकाहरूलाई लक्षित गरी यो सहयोग प्रदान गरिएको हो। ​कार्यक्रममा जम्मा २९ जना विद्यार्थीहरूलाई सहयोग प्रदान गरिएको थियो जसमा ​श्री राजेश्वरी […]

Continue Reading

क्यौरानी युवा समाजद्वारा जलवाई देवी माविलाई खेलकुद सामग्री हस्तान्तरण

क्यौरानी ।नजिकिँदै गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई मध्यनजर गर्दै क्यौरानी युवा समाजले जलवाई देवी माध्यमिक विद्यालय, बिभिन्न खेलकुद सामग्रीहरु हस्तान्तरण गरेको छ । मिकासा भलिबल २ सेट, भलिबल नेट १ सेट, ब्याडमिन्टन १ सेट, ब्याडमिन्टन कक १ सेट, स्किपिङ २ सेट तथा भलिबल पम्प १ सेट गरी १० हजार भन्दा बढीको समाग्रीहरु हस्तान्तरण गरिएको […]

Continue Reading

सरस्वती आधारभूत विद्यालयको ५० औँ वार्षिकोत्सव समारोह सम्पन्न

सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–१० मा अवस्थित श्री सरस्वती आधारभूत विद्यालयको ५० औँ वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री माननीय कृष्णकुमार तामाङ प्रमुख अतिथि रहनुभएको थियो भने इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा इन्द्रावती गाउँपालिका–१० का अध्यक्ष रामचन्द्र घिमिरे […]

Continue Reading

मोहनबहादुर गिरीद्वारा आज एकैदिन तीन बिद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण

कुञ्चोक । शैक्षिक अभियन्ता मोहनबहादुर गिरीद्वारा इन्द्रावती गाउँपालिका वडा नम्बर ३ मा रहेको शिंहमती माध्यमिक विद्यालय र सुर्यकिरण आभारभूत विद्यालय र सेतीदेवी आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षकहरूका लागि न्यानो कपडा तथा वाटर डिस्पेन्सर वितरण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ३ का वडा अध्यक्ष भिमसेन थापाले पालिकाका अन्य विद्यालयहरूलाई समेत सहयोग गरीसकेको र […]

Continue Reading

लाभगाउँ आधारभूत विद्यालयमा विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण

लाभगाउँ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ८ मा अवस्थित श्री लाभगाउँ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । बुधबार विद्यालय प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सामग्रीहरू वितरण गरिएको हो । २०४५ सालमा स्थापना भएको यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर र उपस्थितिमा सुधार ल्याउने उद्देश्यले सो […]

Continue Reading

ऐसेलुखर्कमा चेन्ज एक्सन नेपालको बहुआयामिक सहयोग कार्यक्रम सम्पन्न

नवलपुर । परिवर्तनका लागि सहकार्य नेपाल (Change Action Nepal) आर्थिक उपार्जनका लागि बाख्रा वितरण महिनावारी सम्बन्धी सचेतना सरसफाई किट वितरण तथा विद्यालय सहयोग कार्यक्रम सम्पन्न गरेको छ। इन्द्रावती गाउँपालिका वडा नम्बर ५ ऐसेलु खर्क माध्यमिक विद्यालयमा भएको उक्त कार्यक्रममा संस्थाको सहयोगमा अध्ययन गरिरहेका विद्यार्थीहरू तथा उनीहरूका अभिभावकलाई महिनावारी सम्बन्धी सचेतनामूलक प्रशिक्षण तथा सरसफाई किट वितरण […]

Continue Reading