ज्यामिरे लाँगर्चे सडककाे नगर प्रमुख तामाङद्वारा उद्घाटन

मेलम्ची नगरपालिका वडा नम्बर ९ को साबिक वडा नम्बर १ कृष्ण मन्दिर देखि सुनखानि – लाँगर्चे सडकको आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिलान्यास गर्नुभएको छ । मेलम्ची नगरपालिकाको आ ब २०८०/८१ को बिनियोजित बजेट बाट उक्त सडकको ड्रेन वाल तथा सडक स्तरोन्नति हुनेछ । २ करोड ६२ मा ठेक्का पाएको एस आर बि बिल्डर्स […]

Continue Reading

हेलम्बु गाँउपालिकाका सबै वडाका मुख्य सडक कालोपत्रे गर्ने

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सबै वडका मुख्य सडक कालोपत्रे गर्ने भएको छ । पालिका भित्रका ७ वटै वडाका मुख्य सडक कालोपत्रे गर्ने गाउँपालिकाले नीति अघि सारेको हो । पालिकाले बजेटको स्रोत सुनिश्चितताका लागि माथिल्ला निकायसँग पहल गरिरहेको र ५ वर्षभित्र हेलम्बुका सबै ग्रमिण सडकहरु स्तरोन्नती गरिने मुख्य सडक कालोपत्रे गरिने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो। […]

Continue Reading

मेलम्चीमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज बाट मेलम्चीमा सुरु भएको । प्रतियोगिताको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथी आइतमान तामाङले खेलले खेलाडीहरुलाई अनुशासित बनाउने उल्लेख गर्नुभयो । उहाँले वडा वडामा खेल मैदान बनाउने काम भइरहेको उल्लेख गर्दै मैदान बनेपछि थप खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । प्रमुख तामाङले खेलाडी हरुको […]

Continue Reading

इन्द्रावतीमै बन्ने भयो अन्तराष्ट्रीय ब्याडमिन्टन कवर्डहल

नवलपुर । बागमती प्रदेश सरकारको तीन करोड लागतमा इन्द्रावती गाउँपालिका स्थित राजेश्वरी स्कूल नजिकै सहिद स्मृति अन्तराष्ट्रीय ब्याडमिन्टन कवर्डहल निर्माण हुने भएको छ। बहुबर्सीय योजना अंर्तगत सम्झौता मितिबाट दुइ बर्स भित्र सम्पन्न गर्ने गरी बजेट सुनिश्चितता भएको हो। उक्त अन्तराष्ट्रीय ब्याडमिन्टन कवर्डहलको बजेट सुनिश्चितता भए सगै बोल पत्र आह्वान प्रक्रिया समेत अघि बढी सकेको बागमती […]

Continue Reading

सिपातीनघरे संस्कृत माविको १२१ औँ जन्म जयन्ती : सहयोगको प्रतिबद्धतासँगै कसले के भने

श्री सिपातीनघरे संस्कृत माविको १२१ औँ जन्मजयन्तीको अवसरमा श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आजबाट सुरु भएको छ । वि.सं. १९६० सालमा स्थापना भई वेदसहितको संस्कृत शिक्षा अध्ययन र अध्यापन गराउँदै आएको विद्यालयले २०८० पौष १ गतेदेखि ८ गतेसम्म श्री मद भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको आयोजना गरेको हो । विद्यालयलाई गुरुकुलसहित आवासीय रूपमा सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक पुण्य […]

Continue Reading

समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण

इन्द्रावती ५ मा रहेको नमोबुद्ध आधारभूत विद्यालयमा समाजसेवी अरुण लामाको पहलमा शैक्षिक सामाग्री वितरण गरिएको छ । आज एक कार्यक्रमका बिच अभिभावक तथा विद्यालय व्यावस्थापन समितिका पधादीकारीहरुको सहभागितामा शैक्षिक सामाग्री वितरण गरिएको हो ।  नेपाली काँग्रेस खेलकुद विभाग केन्द्रीय सदस्य तथा नेपाल तरुण दल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का उपाध्यक्ष तथा समाजसेवी अरुण लामाको पहलमा अमेरिका […]

Continue Reading

राष्ट्रिय कृषक समूह महासंघ नेपालको इन्द्रावती गाउँपालिका स्तरिय भेला सम्पन्न

रेडियो मिसन, नवलपुर । राष्ट्रिय कृषक समूह महासंघ नेपालको इन्द्रावती गाउँपालिका स्तरिय भेला सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष शोभना तामाङको प्रमुख आतिथ्यता तथा राष्ट्रिय कृषक समूह महासंघका पालिका अध्यक्ष रत्न प्रसाद चौलागाईँ को सभापतित्व र राष्ट्रिय कृषक समूह महासंघ केन्द्रिय अध्यक्ष नमराज बस्नेत प्रदेश अध्यक्ष बिजय लामा त्यसैगरी इन्द्रावती गाउँपालिकाका प्रबक्ता तथा वडा […]

Continue Reading

सप्रोस नेपाल र सिबिएमको साझेदारीमा सञ्चालित समुन्नती परीयोजना समापन

रेडियो मिसन, नवलपुर ।सप्रोस नेपालको समावेशि जिविकोपार्जन समृद्धि समुन्नती परीयोजना समापन भएको छ । आज इन्द्रावती गाँउपालिकाको सभाहलमा एक कार्यक्रम परीयोजनाको गरी समापन गरीएको हो । कार्यक्रमको अवसरमा बोल्दै गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालले स्थानिय सरकारले बहन गर्नुपर्ने दायित्व पूरा गर्न साथ दिएको बताउनुभयो । अपाङ्गता भएका तथा पुर्वाधार बिकासको क्षेत्रमा सप्रोस नेपालले काम गरेको उहाँले […]

Continue Reading

इन्द्रावतीमा लैङ्गिक हिंसा र न्यूनिकरणका सवाल विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

इन्द्रावती गाउँपालिकामा महिला हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने नाराका साथ लैङ्गिक हिंसा र न्यूनिकरणका सवाल विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच पालिकामा सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि झम्कनाथ नेपालले समाज फरकफरक अस्तित्व रहेकाले अनेकन विभेद […]

Continue Reading

चौतारा ५ का  एक सय घरधुरीलाई ब्ल्याङकेट वितरण

चौतारा साँगाचोकगढी नगरपालिका  वडा न ५ छापका  एक सय घरधुरीलाई ब्ल्याङकेट वितरण गरिएको छ। समाजसेवी मनोज श्रेष्ठको विशेष समन्वयमा विदेशी नागरिकहरुले आपाङ्गता, एकल महिला र जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेर ब्ल्याङकेट वितरण गरिएको स्थानीय कल्पना श्रेष्ठले जानकारी दिनुभयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा सदस्य कोमलबहादुर श्रेष्ठको अध्यक्षतामा ब्ल्याङकेट वितरण कार्यक्रम भएकाे  हाे […]

Continue Reading