मेलम्ची नगरपालिकाकाे शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउनकाे लागि शिक्षा क्षेत्रकाे गुरूयाेजना बनाउने तयारी भईरहेकाे मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभएकाे छ ।
तेर्से माध्यमिक विद्यालयकाे ३३ औं बार्षिकाेत्सव समाराेहलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तामाङले शिक्षा क्षेत्रमा नगरपालिकाले धेरै बजेट विनियाेजन गरेकाे बताउनुभयाे । विद्यार्थी संख्या कम रहेका विद्यालयहरू मर्ज गर्ने तयारी भईरहेकाे समेत उहाँले जानकारी दिनुभयाे । पालिकाले स्थानिय पाठ्यक्रम सुरू गरिसकेकाे तामाङले बताउनुभयाे ।
नगरपालिकाले शैक्षिक कार्यक्रम निर्माण गर्दा सबै शिक्षकहरू संग सल्लाह गरेर जाने समेत प्रमुख तामाङले बताउनुभयाे । ‘शिक्षक दरबन्दीकाे विषयमा निश्चित मापदण्ड र कार्यविधि बनाएर अघि बढिरहेका छाैँ । भाैतिक पुर्वाधार, शिक्षक दरबन्दी, शैक्षिक गुणस्तरकाे काम नगरपालिकाले गरिरहेकाे छ’, उहाँले भन्नुभयाे ।
नगरपालिकाले आन्तरीक श्राेतबाट कक्षा १० सम्म दिवा खाजाकाे व्यावस्था गरिरहेकाे बताउँदै अभिभावककाे माग अनुसार कक्षा १२ सम्म दिवा खाजाकाे व्यावस्थापनकाे तयारीका लागि छलफल भईरहेकाे नगर प्रमुख तामाङकाे भनाई छ ।
गुणस्तरीय शिक्षाको लागि निजि विद्यालयलाई पाखा लगाउन सक्ने विद्यालय तेर्से मावि रहेपनि अझै पर्याप्त नरहेकाे तामाङले बताउनुभयाे । अघिल्लो बर्ष तेर्से मावि प्राङ्गणमा ब्लक बिछ्याउनुका साथै खाेलाबाट बचाउन सहयाेग गरेकाे बताउँदै तेर्से माविलाई शंरक्षण गर्न र दरबन्दी परिपुर्तिका लागि पालिकाले सक्दाे सहयाेग गर्ने नगर प्रमुख तामाङले प्रतिवद्वता व्यक्त गर्नुभयाे ।