अवैध रूपमा कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा 

मध्य पहाडी लोगमार्गबाट उठाइएको पुरानो ग्याबिन जाली लोड भएको गाडीलाई बाहुनेपाटी प्रहरीले नियन्त्रणमा लिएको छ । ना ५ ख ३५७९ नम्बरको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । निर्माणाधीन मध्य पहाडी लोक मार्गको लगभग १० हजार घन मिटर बराबरको पुरानो ग्याबिन जाली निस्कने अनुमान रहेको छ । कानुनी पक्रियाको बारेमा थप बुझ्नका लागि ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले […]

Continue Reading

सिन्धुपुरानागाउँ माविको हीरक महोत्सव तथा ६९ औँ अभिभावक सम्मेलन सम्पन्न 

रेडियो मिसन, सिन्धुकोट श्री सिन्धुपुरानागाउँ माध्यमिक विद्यालय मेलम्ची नगरपालिका वडा नम्बर ५ सिन्धु कोटको हीरक महोत्सव तथा ६९ औँ अभिभावक सम्मेलन सम्पन्न भएको छ ।  कार्यक्रमका प्रमुख अतिथि एवं मेलम्ची नगरपालिकाकाका नगर प्रमुख आइतमान तामाङले कार्यक्रमको उद्घाटन गर्दै ७५ औँ जन्म जयन्ती ( हीरक महोत्सव ) मनाउँदै गर्दा नेपाल सरकारको उच्च पदमा पुग्न सफल विद्यालयका […]

Continue Reading

गणपूरक सङ्ख्या नपुगेपछि इन्द्रावतीको दोस्रो गाउँ सभाको पाँचौँ अधिवेशन स्थगित

गणपूरक सङ्ख्या नपुगेपछि इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँ सभाको पाँचौँ अधिवेशन स्थगित भएको छ । ५१ प्रतिशत सङ्ख्या आवश्यक पर्नेमा नपुगेपछि अर्को अधिवेशन माघ ७ गते ११ बजेलाई आह्वान गरिएको छ । मङ्सिर २८ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार गाउँ सभाको मिति तोकिएको थियो । पौष २५ गते बसेको बैठकमा केही कार्यपालिका सदस्यहरू उपस्थित नभएपछि आज […]

Continue Reading

इलाका प्रहरी कार्यालय मेलम्चीको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिकामा आइतबार प्रहरीको नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । प्रहरीको कार्यप्रगति प्रस्तुती संगै नागरिकको गुनासो तथा सुझाव संकलन गर्न इलाका प्रहरी कार्यालय मेलम्चीले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । प्रहरी सेवा प्रवाहलाई नागरिक मैत्री, पारदर्शी, निष्पक्ष, छिटो छरितो, चुस्तदुरुस्त बनाउनुका साथै सेवाग्राहीले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने […]

Continue Reading

श्री सिन्धु पुरानागाउँ माध्यमिक विद्यालयको विव्यस अध्यक्षमा राजेन्द्र रायमाझी

रेडियो मिसन, सिन्धुकोट । श्री सिन्धु पुरानागाउँ माध्यमिक विद्यालयको विव्यस अध्यक्षमा राजेन्द्र रायमाझी चयन हुनुभएको छ । बिद्यालय ब्यवस्थापन समिती पुनर्गठन मेलम्ची नगरपालिकाको नगर शिक्षा ऐन २०७४ को तेश्रो संसोधनको परिच्छेद ६ को दफा ३१ वमोजिम राजेन्द्र रायमाझी अध्यक्ष सहित चार जना सदस्यहरू सर्वसहमत चयन गरिएको हो । सदस्यहरुमा आस कुमार तामाङ, सोम ब. बोगटी, […]

Continue Reading

सुर्यमुखि साना किसान कृषि सहकारीको १८ औं बार्षिक साधारणसभा सम्पन्न

रेडियो मिसन । सुर्यमुखि साना किसान कृषि सहकारीको १८ औं बार्षिक साधारणसभा आज भोटेचौरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि पुर्व अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अब नोट पैसाहरु बन्द हुने बताउनुभयो । उहाँले सफ्टवेयर मार्फत सबैकुरा हुने भएकाले त्यहीँ अनुसार अपग्रेड हुनपर्ने बताउनुभयो । पाण्डेले अहिले कारोबार खुम्चिएको कारण राजस्व संकलन […]

Continue Reading

आफ्ना माग पुरा नभए मेलम्ची खानेपानी बाढीपिडीतले पौष २५ गते देखि आयोजनाको काम ठप्प पार्ने

रेडियो मिसन । मेलम्ची खानेपानी आयोजना बाढीप्रभावितहरु बिभिन्न मागसहित आन्दोलनमा उत्रिएका छन् । २०७८ असार १ गते र साउन १६ गतेको मेलम्ची बाढीका कारण प्रभावितहरुले आफूहरुको माग पूरा नभएको भन्दै आन्दोलन थालेका हुन्। यसअघि गठन भएका बिभिन्न सँघर्ष समितिहरुले खानेपानी आयोजना र बाढीबाट प्रत्यक्ष प्रभावित बनेकाहरुलाई लाभ हुने कुनैपनि माग सम्बोधन गराउन नसकेको भन्दै शनिबार […]

Continue Reading

कृषकहरूलाई आत्मनिर्भर हुन सहकारीले ठुलो मद्दत गर्छ उपप्रमुख प्रधान

रेडियो मिसन । मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले सहकारीले कृषकहरूलाई आत्मनिर्भर हुन ठुलो मद्दत पुग्ने बताउनुभएको छ ।सूर्यमुखी साना किसान समूहको एक कार्यक्रममा बोल्दै उपप्रमुख प्रधानले सूर्यमुखी र कृषकहरूको अन्योन्याश्रित सम्बन्ध भएको बताउनुभएको हो । सूर्यमुखी साना किसान सहकारीलाई अगाडि बढाउनु आफू अगाडि बढ्नु रहेको भन्दै उनले सबै शेयर सदस्यलाई क्रियाशील रहन आग्रह गर्नुभयो। […]

Continue Reading

मेलम्चीको पानी बन्द गर्ने स्थानीयको चेतावनी

रेडियो मिसन ।मेलम्ची खानेपानी आयोजनाले केही दिनमै पानी काठमाडौं पठाउने तयारी गरिरहँदा स्थानीयले भने बन्द गर्ने चेतावनी दिएका छन्। मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले यसबारे आन्दोलनका कार्यक्रम बनाउन शनिबार हेलम्बु गाउँपालिका वडा नम्बर २ को गणेशे बगरमा भेला डाकेको छ। हेलम्बु(२ का पूर्व वडाध्यक्ष छिरीङ ग्याल्बो लामाको नेतृत्वमा बैठक बस्न लागेको स्थानीयले बताएका छन्। मेलम्ची […]

Continue Reading

अनेरास्वबियू (क्रान्तिकारी) इन्द्रावती गाउँपालिकाको अध्यक्षमा कृष्ण दुलाल चयन

रेडियो मिसन, नवलपुर ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन क्रान्तिकारी इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँपालिकान सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले कृष्ण दुलालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिती पनि गठन गरेको छ । समितीको उपाध्यक्षमा वर्षा लामा, बिनिता तिरुवा र सुशान सिग्देल, सचिवमा बिकाश दनुवार, सह सचिवमा निरुता श्रेष्ठ, कुसुम सापकोटा र असल तामाङ साथै कोषाध्यक्षमा […]

Continue Reading