रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिका वडा नम्बर १२ ले किसानहरूलाई ५० प्रतिशत अनुदानमा पाडी वितरण गरेको छ ।

वडाका ३५ किसानलाई एक एक ओटा उन्नत जातको पाडी वितरण गरेको वडा अध्यक्ष सुरेन्द्र बहादुर दनुवारले जानकारी दिनुभयो । किसानलाई आत्मनिर्भर र व्यवसायी बनाउने उद्देश्यले पाडी वितरण गरेको अध्यक्ष दनुवारले बताउनुभयो ।

वडाको ७ लाख बजेटमा ५० प्रतिशत अनुदानमा पाडी वितरण गरेको उहाँले जानकारी दिनुभयो । हाललाई ३५ जनालाई मात्रै पाडी वितरण गरेको बताउँदै दोस्रो चरणमा प्रदेश सरकारबाट विनियोजित २० लाखको अनुदानमा कार्यक्रम गरिने अध्यक्ष दनुवारले बताउनुभयो ।

