तोमसाङमा २८६० औं सोनाम ल्होछार भब्यताका साथ सम्पन्न

* # जीवन शैली विविध समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती ५ स्थीत तोमसाङमा २८६० औं सोनाम ल्होछार भब्यताका साथ सम्पन्न भएको छ । तोमसाङ युथ क्लबको आयोजनामा सोनाम ल्होछार कार्यक्रम सम्पन्न भएको हो । ओकेन सिँगि लामाले ल्होछार पर्वको विषेशता र मनाउने तरीकाको बारेमा जानकारी दिनुभएको थियो ।


कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथी तथा इन्द्रावति गाउँपालिकाका पूर्व अध्यक्ष वंशलाल तामाङले युवा क्लवलाई विषेश धन्यवाद दिंदै ल्होछार आपसि मिलाप र भाईचारको पर्व भएको बताउनुभएको छ । मन्जुश्री सम्वत सुरु भएदेखि विश्वभरी नै नँया बर्ष मनाउन सुरु गरीएको उहाँले बताउनुभयो । ल्होछारको छुट्टै महत्व रहेकाले धर्म गुरुहरुले यसको प्रचारको लागि सहयोग गर्नुपर्ने उहाँको भनाई थियो । तामाङ समुदायले आफ्नो धर्म र भाषालाई जोगाउन सकेमा यसबाटै समृद्धीतर्फ उन्मुख गराउने बताउनुभयो ।


यस्तै कार्यक्रमका विषेश अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष शशिनाथ आचार्यले एकअर्काको धर्म, संस्कार र अस्तीत्वलाई स्वीकार गरेको बताउनुभयो । सबै भाषाभाषि र जातजातिले समान अवसर पाउने अधिकारको प्रयो गर्दै पालिकाले सार्वजनिक बिदा दिएको उहाँले जानकारी दिनुभयो ।


इन्द्रावति ५ का पुर्व वडा अध्यक्ष दुर्गा बहादुर तामाङले ल्होछारजस्तो पवित्र पर्वले धार्मीक तथा साँस्कृतिक मूल्य मान्यतालाई बलियो बनाँउदै लैजाने बताउनुभयो । धर्मले नै मानिसलाई परोपकारी र गुणि व्यक्ती बनाउने बताउनुभयो । आस्था विश्वासले नै सिँगो विश्व समुदाय एकै ठाँउमा उभिएको उहाँले बताउनुभयो ।

कार्यक्रमको अवसरमा इन्द्रावति गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्री लामाले तामाङ समुदायले यस्ता खाले कार्यक्रम मात्र नभई घरघरबाट मनाउन सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।


लोकतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य अण लामाले सोनाम ल्होछार तामाङ समुदायले मात्र नभई सबै समुदायले अपनत्व लिने पर्व भएको बताउनुभएको छ । धार्मीक एकताले नै राष्ट्रबलियो हुने उहाँले बताउनुभयो । संस्कार र संस्कृती बनाउन सके मात्रै मानव जातिको अस्तीत्व रहने उहाँले बताउनुभयो ।


कार्यक्रममा समाजसेवि मन्होत्रा ब्लोनले पहीला राजा महााजाहरुले थिचोमिचो गर्ने गेरेको बताउनुभयो । ल्होछार पर्व घरघरमा टोलटोलमा लानको लागि जागरण् अभियान सुरु गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । साथै ल्होछारको तिथिमिति पात्रोमा पनि राख्नुपर्नेमा जोड दिनुभएको छ ।


कार्यक्रममा ओम तामाङ वाईबा, तेज थिङ, प्रेम योञ्जन र द अनिश पोकन ब्याण्डले साँस्कृतिक मनोरञ्जन दिएका थिए । क्लबले सहयोगि दाताहरुलाई सम्मान समेत गरेको थियो । गुठीयार समिति र स्थानिय युवाहरुको पहलमा भएको कार्यक्रम सिता तामाङले सञ्चालन गर्नुभएको थियो भने क्लबका अध्यक्ष बिराज ब्लोनको अध्यक्षतामा सम्पन भएको हो ।

Leave a Reply