चन्द्रावती आविका विद्यार्थीलाई न्यानाे कपडा, झाेला र शैक्षिक सामाग्री वितरण

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

नवलपुर, सिन्धुपाल्चाेक,

चन्द्रावती आधारभुत विद्यालयका सम्पुर्ण विद्यार्थीलाई न्यानाे कपडा, झाेला र शैक्षिक सामाग्री वितरण गरिएकाे छ । श्री चन्द्रावती आधारभुत विद्यालय इन्द्रावती ८, गहतेकाे ३६ औँ वार्षिकाेत्सव तथा शैक्षिक मेला प्रदर्शनीकाे अवसर पारेर न्यानाे कपडा, झाेला र शैक्षिक सामाग्री वितरण गरिएकाे हाे ।

लायन्स क्लव काठमाण्डाै फेलाेसिप र लायन्स क्लव काठमाण्डाै इन्टरप्रेनरसीपकाे आयाेजनामा साे सामाग्री वितरण गरिएकाे हाे । समाजसेवी माेहन बहादुर गिरिकाे सहयाेगमा साे सामाग्री वितरण गरिएकाे इन्द्रावती ८ का वडा अध्यक्ष डिल बहादुर श्रेष्ठले जानकारी दिनुभयाे । विद्यालयकाे २७ जना विद्यार्थीहरूलाई न्यानाे कपडा (ट्र्याक सुट), झाेला तथा शैक्षिक सामाग्री वितरण गरिएकाे समाजसेवी माेहन बहादुर गिरिले जानकारी दिनुभयाे । साथै ८ जना शिक्षकहरूलाई न्यानाे कपडा समेत दिइएकाे छ ।

हाल सम्म इन्द्रावतीका १ हजार भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामाग्री, न्यानाे कपडा र झाेला बितरण गरिसकेकाे समाजसेवी माेहन बहादुर गिरिले जानकारी दिनुभयाे । गिरिकाे सहयाेगमा फागुन ६ गते श्री नवलपुर मावि इन्द्रावती ४ का ३०० भन्दा बढी विद्यार्थीहरूलाई न्यानाे कपडा सहित शैक्षिक सामाग्री वितरण गर्न लागीएकाे छ ।

कार्यक्रममा मन्तव्य राख्दै लायन्स क्लव काठमाण्डाै इन्टरप्रेनरसीप का चार्टर प्रेसीडेन्ट अम्विका तिमल्सिनाले लायन्स क्लवले आगलागी पिडितहरू, विद्यालयका विद्यार्थी लगायतलाई सहयाेग गर्दै आएकाे बताउनुभयाे । साे अवसरमा तिमल्सिनाले सामुदायिक विद्यालय संस्थागत भन्दा अव्वल रहेकाे दावि गर्नुभयाे । त्यस्तै लायन्स क्लव काठमाण्डाै फेलाेसिपका प्रेसिडेन्ट राजेश हिमालयले लायन्स क्लवले सामाजिक कामहरू गर्दै आएकाे बताउनुभयाे । आगामी दिनमा पनि शैक्षिक क्षेत्रकाे लागि सहयाेग गर्न तयार रहेकाे उहाँले जानकारी दिनुभयाे ।

साे अवसरमा समाजसेवी माेहन बहादुर गिरि, लायन्स क्लव काठमाण्डाै इन्टरप्रेनरसीप का चार्टर प्रेसीडेन्ट अम्विका तिमल्सिना, लायन्स क्लव काठमाण्डाै फेलाेसिपका प्रेसिडेन्ट राजेश हिमालय लगायतलाई विद्यालयले सम्मान गरेकाे थियाे ।

Leave a Reply