इन्द्रावती गाउँपालिका वडा नम्बर १० मा रहेको श्री चण्डेश्वरी माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच विद्यालयले वार्षिकोत्सव, अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले विद्यालय स्थापनार्थ सहयोग गर्ने सम्पूर्णलाई सम्झना गर्नुका साथै धन्यवाद व्यक्त गर्नुभएको छ । जग्गादाता, चन्दादाता र अक्षयकोष दाता सम्पूर्णलाई धन्यवाद दिनुभएको छ । शिक्षाको विकास विना अरु विकास सम्भव नहुने उहाँले बताउनुभएको छ । गाउँपालिकाले १३ वटा शाखामध्ये एक तिहाइ बजेट शिक्षा क्षेत्रमा खर्चेको उहाँले बताउनुभयो । सिकाइ उपलब्धि एक शैक्षिक सत्रमा १५ प्रतिशत बढाएको बताउँदै आगामी वर्ष ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको नेपालले बताउनुभयो । विद्यालय भौतिक रुपमा सम्पन्न हुने चरणमा रहेकाले अब शैक्षिक उपलब्धीलाई बढाउनु आजको आवश्यकता भएको उहाँले बताउनुभएको छ । पालिकाले आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।
यस्तै कार्यक्रमको अवसरमा बोल्दै वडा अध्यक्ष रामचन्द्र घिमिरेले विद्यालयमा आवासीय रुपमा राखेर कक्षा सञ्चालन गरिरहेको जानकारी दिनुभयो । १० बजेदेखि ४ बजेभन्दा बाँकी रहेको समयमा पनि शिक्षकहरूले सेवा गरिहेको प्रति उहाँले आगामी दीनमा यसबारेमा थप सुविधाको विषयमा सोचेर अधि बढ्ने बताउनुभएको छ । विद्यालयमा स्वस्थ खानेपानीको व्यवस्थापनमा लागिरहेको उहाँले बताउनुभयो । विद्यालय सुधार र शैक्षिक गुणस्तरका लागि अभिभावकको विषेश भूमिका रहने उहाँले बताउनुभयो । साथै वडाले उत्कृष्ट शिक्षकलाइ यस वर्ष सम्मान गरिने र आगामी वर्ष उत्कृष्ट अभिभावकलाई पनि सम्मान गर्ने उहाँले बताउनुभएको छ ।
साथै कार्यक्रममा विभिन्र पद तथा ओहदामा रहनुभएका व्यक्तिहरूले शुभकामना मन्तब्य राख्नुभएकाे थियाे ।
विद्यालयको वार्षिकोत्सवको अवसरमा सहयोगी व्यक्ति तथा संघसंस्था, अक्षयकोष दाता लगायतलाई सम्मान गरिएको थियो । विभिन्न समयमा विद्यालयको भौतिक सुधार तथा शैक्षिक सुधारका लागि सहयोग गर्ने समाजसेवी तथा पूर्व विद्यार्थीहरूलाई विद्यालयले सम्मान गरेको हो ।
साथै विद्यालयको आन्तरीक खेलकुदमा विजयी भएका विद्यार्थिहरूलाइ पुरस्कार वितरण पनि गरीएकाे थियाे । कक्षागत रूपमा उत्कृष्ट विद्यार्थीहरूलाइ पुरस्कार वितरण गरीएकाे थियाे ।
कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, पूर्व लगायत अभिभावकहरूको उपस्थितै रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन कुमार थापामगरको अध्यक्षतामा सम्पन्न भएको हो ।
श्री चण्डेश्वरी माध्यमिक विद्यालयको आगामी लक्ष्यहरू :
१, अङ्ग्रेजी माध्यमको पठनपाठन सहितको पूर्ण आवासीय विद्यालय निर्माण सहित सञ्चालन गर्ने ।
२, आधारभूत तह कक्षा ५ सम्म अंग्रेजी माध्यमको पठनपाठन
३, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा हासिल गर्न खेलकुद तथा संगीत शिक्षक मार्फत विशेष कक्षा सञ्चालन
४, व्यवस्थित खेलमैदान निर्माण
५, बालमैत्री उद्यान तथा पार्क निर्माण
६, स्वस्थ पिउने पानीको दिगो स्रोत व्यवस्थापन
७, प्रविधिमैत्री शिक्षण सिकाइका लागि एक शिक्षक एक ल्यापटप, उच्च क्षमता इन्टरनेट जडान, व्यवस्थित सूचना तथा प्रविधि कक्ष निर्माण, कम्तीमा २२ वटा कम्प्युटर थप, हरेक कक्षामा प्रोजेक्टरमार्फत शिक्षण गर्न प्रोजेक्टर, स्मार्ट बोर्ड जडान
८, विद्यार्थी संख्या बढाउन विशेष प्याकेज व्यवस्थापन
९, गरिब तथा जेहनदार विद्यार्थीलाई निशुल्क पठन पाठन प्रोत्साहन गर्न अक्षयकोषको स्थापना
१०, शिक्षक आवास भवन तथा विद्यार्थी होस्टलको निर्माण व्यवस्थित व्यवस्थापन
११, कम्तीमा ३०० जना विद्यार्थी एकै पटक अट्न सक्ने कार्यक्रम हल निर्माण
१२, दिवा खाजा व्यवस्थापन गर्न छुट्टै क्यान्टिन हल निर्माण
१३, शिक्षक तथा कर्मचारीहरूलाई पेसागत विकासको लागि आन्तरिक तालिमको व्यवस्थापन
१४, विद्यालयलाई आन्तिरक रुपमा स्रोत सम्पन्न बनाउनका लागी कम्तिमा २० लाखको मुद्धति कोष स्थापना
१५, कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान पठनपाठन सुरुवात
श्री चण्डेश्वरी माध्यमिक विद्यालयका चुनौति तथा समस्याहरू :
१, अंग्रेजी माध्यममा पठनपाठनलाई तोकिएको कक्षागत पाठ्यक्रममा मिलान गरी निरन्तर
२, तोकिएको मुद्दती कोषको लागी आर्थिक व्यवस्थापन गर्नु
३, खानेपानीको स्थायी व्यवस्थापन गर्नु
४, शिक्षक/ कर्मचारी तथा विद्यार्थीलाई विद्यालयको नवनिर्मित आचारसंहिता कार्यान्वयन गराउनु
५, डिजिटल हाजिरीमा सम्पूर्ण रेकर्ड व्यवस्थापन गर्नु
६, कम्प्युटर विज्ञान पठनपाठनका लागी शिक्षक व्यवस्थापन
७, विद्यालयको बेरुजु समस्या समाधान गर्न
८, कोभिड पछिको खस्केको सिकाइ उपलब्धिलाई वृद्धि गर्नु
तस्विरमा श्री चण्डेश्वरी माध्यमिक विद्यालयको वार्षिकाेत्सव :