चन्द्रावती आविकाे ३६ औँ वार्षिकाेत्सव तथा शैक्षिक मेला प्रदर्शनी सम्पन्न

* # शिक्षा समाचार समाज

श्री चन्द्रावती आधारभूत विद्यालय इन्द्रावती ८ गहतेकाे ३६ औँ वार्षिकाेत्सव तथा शैक्षिक मेला प्रदर्शनी सम्पन्न भएकाे छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुविन्द्र कुमार श्रेष्ठकाे सभापतीत्व र इन्द्रावती ८ का वडा अध्यक्ष डिल बहादुर श्रेष्ठकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रमकाे अवसरमा विद्यार्थीहरूले शैक्षिक मेला प्रदर्शनी गरेका थिए । मेलामा पिन वाेल चार्ट, ज्यामितीय मानव, डिभिजन अफ वाइल्ड एण्ड डाेमेस्टिक एनिमल, युनिट गेम, साेलार सिस्टम, गणितिय अंकजाल, गाउँखाने कथा जस्ता विषयबस्तु राखिएकाे थियाे ।

प्रदर्शनी पश्चात् इन्द्रावती ८ का अध्यक्ष डिल बहादुर श्रेष्ठले ५ कक्षा सम्म पठनपाठन भएकाे विद्यालयमा यस्ताे प्रदर्शनी हुनु उपलब्धिमुलक भएकाे बताउनुभयाे । इन्द्रावती ८ काे शैक्षिक सुधार लगायतकाे क्षेत्रमा काम गरिरहेकाे बताउँदै अध्यक्ष श्रेष्ठले वडाले संस्था संग समन्वय गरि ट्र्याकसुट लगायत शैक्षिक सामाग्री उपलब्ध गराईएकाे बताउनुभयाे । वडा कार्यालय मार्फत विद्यालयमा १ जना अंग्रेजी शिक्षक राखेकाे जानकारी दिनुभयाे ।

साेहि अवसरमा वसद्यार्थीहरूलाई न्यानाे कपडा, झाेला र शैक्षिक सामाग्री वितरण गरिएकाे हाे । लायन्स क्लव काठमाण्डाै फेलाेसिप र लायन्स क्लव काठमाण्डाै इन्टरप्रेनरसीपकाे आयाेजनामा साे सामाग्री वितरण गरिएकाे हाे । समाजसेवी माेहन बहादुर गिरिकाे सहयाेगमा साे सामाग्री वितरण गरिएकाे इन्द्रावती ८ का वडा अध्यक्ष डिल बहादुर श्रेष्ठले जानकारी दिनुभयाे । विद्यालयकाे २७ जना विद्यार्थीहरूलाई न्यानाे कपडा (ट्र्याक सुट), झाेला तथा शैक्षिक सामाग्री वितरण गरिएकाे समाजसेवी माेहन बहादुर गिरिले जानकारी दिनुभयाे । साथै ८ जना शिक्षकहरूलाई न्यानाे कपडा समेत दिइएकाे छ ।

कार्यक्रममा शिक्षिका लक्ष्मी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । त्यस्तै प्रधानाध्यापक अन्जली श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । विद्यालयमा हाल २८ जना विद्यार्थी रहेका छन ।

कार्यक्रममा लाई सम्बाेधन गर्दै प्रमुख अतिथि डिल बहादुर श्रेष्ठले बेला बेलामा विद्यालयमा आएर विद्यार्थीकाे शैक्षिक अवस्थाकाे बारेमा अभिभावकले जानकारी लिनुपर्नेमा जाेड दिनुभएकाे छ । चुनावका सबै प्रतिवद्वता हामी पूरा गर्ने बताउँदै श्रेष्ठले इन्द्रावती ८ मा जसरी पनि स्कुल बस गुडाएरै छाड्ने बताउनुभयाे ।

त्यस्तै इन्द्रावती ७ का वडा अध्यक्ष रविन्द्र कुमार खातीले सबै जनप्रतिनिधिकाे बालबालिका अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउन जरूरी रहेकाे बताउनुभयाे । आफुले पनि आफ्नाे बालबालिका सामुदायिक विद्यालयमा पढाइरहेकाे जानकारी दिनुभयाे ।

इन्द्रावती ४ का वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले भाषणले मात्रै शैक्षिक सुधार नहुँने बताउँदै अभिभावककाे राेजगारी संग जाेड्न सकेमा मात्र शैक्षिक सुधार हुन सक्ने बताउनुभयाे ।

इन्द्रावती २ का वडा अध्यक्ष श्याम बहादुर गिरिले १२ कक्षा सम्म नि:शुल्क शिक्षा हुनुपर्छ भनेर कार्यपालिकामा समेत जाेडदार आवाज उठाएकाे बताउनुभयाे ।

पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक ध्रूव सिग्देलले इन्द्रावती ८ काे ३ वटै विद्यालय धरासयी भएकाे बताउनुभयाे । विद्यार्थी घट्दै गएकाे र गुणस्तर खस्किएकाे उहाँले बताउनुभयाे । 

त्यस्तै पुर्व शिक्षिका सजिना श्रेष्ठले संस्थागत विद्यालयकाे नाममा गाउँ छाडेर सहर छाेड्ने बढेकाे प्रति दुख व्यक्त गर्नुभयाे ।

Leave a Reply