इन्द्रावती गाउँपालिकाका सचिवहरूले एक सूत्रीय माग राख्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन् । करिब ३० वर्षसम्म सेवा गरेको सेवाको व्यवास्था गर्दै अहिले आफूहरूलाई हटाउन खोजिएको भन्दै सचिवहरुले यसबारे ध्यानाकर्षण गराउन पालिका समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
आफफूहरुले जीवनको ऊर्जाशील समय सेवामा बिताए पनि यसको सही मूल्यांकन गर्न नसकेको बताउँदै यसको बारेमा पालिकाको गम्भीर ध्यानाकर्षण हुनुपर्ने माग रहेकाे छ । गाउँपालिकाले बाध्यकारी अवस्था सिर्जना भएको भन्दै करारमा काम गर्दै आएका वडा नम्बर १ का सचिव गोपाल तामाङ, वडा नम्बर २ का सचिव कृष्णबहादुर गिरी, वडा नम्बर ५ का सचिव दीपक अधिकारी, वडा नम्बर ८ का सतिव गोपीकृष्ण नेउपाने र वड नम्बर ९ का सचिव तिलक प्रसाद कोइराला लगायतलाई पालिकाले सेवाबाट हटाउन खोजिएको भन्दै पालिकाको ध्यानाकर्षको लागी संयुक्त ज्ञापनपत्र बुझाइएको हो ।
आफूहरु कारार सेवाबाट निवृत्त हुन मन्जुर रहेको तर सेवा अवधिको गणना गरि १ वर्षको १ महिनाको तलब भत्ता हिसाव गरि एकमुष्ठ सेवा निवृत उपदानको स्वरुप पाउनुपर्ने उहाँहरुको माग छ । मौजुदा निति वा नितिको अभाव भए निति निर्माण गरेर भए पनि उक्त उपदान उपलब्ध गराउने व्यवस्था गरिनु पर्नेमा उहाँहरुको जोड छ । सो नगरिए सम्म गाउँपालिकामा शान्ति पुर्ण आन्दोलनका श्रृखलाहरु अगाडी बढाउने चेतावनी समेत दिइएको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा पालिका अध्यक्ष अनुपस्थित भएकोले गाउँपालिकाका उपाध्यक्ष सोभना तामाङ समक्ष ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै उपाध्यक्ष सोभना तामाङले अध्यक्ष उपस्थित हुनुभएपछि थप कुरा हुने बताउनुभएको छ ।