चौतारा । सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँ कार्यपालिकाको कार्यालयका धर्ना गरी घेराउ गरिएको छ ।
गाउँपालिकाको कार्यालय सुनखानी हुनुपर्ने माग सहित आन्दोलन गरिरहेका सुनखानीका स्थानीयहरूले कार्यालय घेराउ गरेका हुन । माघ २९ गते सुनकोसी गाउँपालिकाको कार्यपालिका बैठक बस्नु अघि सङ्घर्षको पहिलो खुड्किलो भन्दै सङ्घर्ष समिति लगायत सरोकारवालाहरुको उपस्थितिमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा सातै वाडका अध्यक्षहरू समक्ष सुनकोसीको सभा हलमै पुगेर सामूहिक ज्ञापनपत्र बुझाइएको थियो ।
सुनकोशी गाउँपालिकाको प्रशासकीय भवन भौगोलिक हिसाबले र आवश्यकताको आधारमा सुनखानी ५ मा बनाउनुपर्ने उनीहरूको माग छ ।
सोमबार ढिलोबाट सुरू भएको कार्यपालिकाको बैठकले सियाले पिपल डाँडा पर्छ भन्ने निर्णय गर्न खोजे पछि उपाध्यक्ष कान्छी लामा, सुनकोसी ५ का वडा अध्यक्ष जल बहादुर लामा, सुनकोसी ४ का वडा अध्यक्ष भोजलाल श्रेष्ठ र एक सदस्यले बैठक बहिस्कार गरी निस्किएको आन्दोलनमा सहभागी कुमार बस्नेतले जानकारी दिनुभयो ।
सुनकोशीको बिच भाग नै सुनखानी भएकोले पालिका भवन सुनखानीमै बन्नुपर्ने उपाध्यक्ष लामाको माग छ । सुनखानीमा गाउँपालिका कार्यालय बनाउने निर्णय नगरे कुनै पनि कार्यक्रमहरू गर्न नदिने सङ्घर्ष समितिले जनाएको छ ।
आफ्ना मागहरू शुक्रवार सम्म पनि सम्बोधन नभए सुनकोशी गाउँपालिका भरका सडक, विद्यालय, सरकारी कार्यालयहरू पनि बन्द गरेर कडा सङ्घर्ष गर्ने समितिले जनाएको छ ।