समुहमा काम गरे शैक्षिक गुणस्तर अभिवृद्वि गर्न सकिन्छ : अध्यक्ष खड्का

ज्यामिरे । मेलम्ची नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष किरणदिप खड्काले टिम वर्क नभएमा शैक्षिक गुणस्तर अभिवृद्वि हुन नसक्ने बताउनुभएको छ । शैक्षिक गुणस्तर बृद्विको लागी प्रधानाध्यापक, विव्यस, अभिभावक, जनप्रतिनिधि सबै जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दीनुभएको छ ।शैक्षिक गुणस्तर अभिवृद्वि गर्न मेलम्ची ९ द्वारा आयोजित सरोकारवालाहरु संगको २ दिने अन्तरक्रियात्मक अभिमुखिकरण उहाँले सो कुरा […]

Continue Reading

शैक्षिक गुणस्तर अभिवृद्विको लागि लगानी गर्न मेलम्ची नगरपालिका तयार छ : नगरप्रमुख तामाङ

ज्यामिरे । शैक्षिक गुणस्तर अभिवृद्विको लागि लगानी गर्न मेलम्ची नगरपालिका तयार रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभएको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरु संग मेलम्ची नगरपालिका वडा नं ९ मा भएको २ दिने अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रमको समापन कार्यक्रम लाई आज सम्वोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख तामाङले शैक्षिक गुणस्तर अभिवृद्विको लागि जहाँ बजेट आवस्यकता […]

Continue Reading

शैक्षिक गुणस्तर अभिवृद्वि गर्न मेलम्ची ९ ज्यामिरेमा १७ बुँदे सामुहिक प्रतिवद्वता जारी

ज्यामिरे । शैक्षिक गुणस्तर अभिवृद्वि गर्न मेलम्ची ९ द्वारा आयोजित सरोकारवालाहरु संगको २ दिने अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम ज्यामिरेमा १७ बुँदे सामुहिक प्रतिवद्वता जारी गर्दै समापन भएको छ । श्रावण २६ र २७ मा भएको अभिमुखिकरण कार्यक्रममा विद्यालयका प्रअ, विव्यसका प्रतिनिधि, शिक्षक लगायतको उपस्थिति रहेको थियो । वडाको शैक्षिक गुणस्तर बृद्विको लागी कार्यक्रमको आयोजना गरिएको वडा […]

Continue Reading

जनविकास माविमा हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वेद्धारा शैक्षिक तथा अध्ययन सहयोग

चौतारा ११ को जनविकास माविमा हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वेद्धारा शैग्कि तथा अध्ययन सामाग्रि सहयोग गरीएको छ । हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वे संस्थाले जन विकास मावि पाथीभरामा अध्ययनरत २० जना गरिब र जेहेन्दार विद्यार्थीलाई शैक्षिक तथा अध्ययन सहयोग गरेको छ । जनविकास माविमा सम्पन्न कार्यक्रममा विद्यालयमा विभिन्न तहमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग,ड्रेस,ट्र्याक सुट,कपि कलम, […]

Continue Reading

सामुदायिक वनको उद्गम स्थल ठोकर्पामा मनाइयो सामुदायिक वन राष्ट्रिय दिवस २०८०

ठोकर्पा । सामुदायिक वनको उद्गम स्थल सिन्धुपाल्चोकको ठोकर्पामा सामुदायिक वन राष्ट्रिय दिवस २०८० मनाईएको छ । उत्पादन, रोजगार र समृद्विका लागि सामुदायिक वन व्यवस्थापन भन्ने मुल नारा सहित सुनकोशी गाउँपालिका १ ठोकर्पामा कार्यक्रम गरिएको हो । ठोकर्पा सामुदायिक वन : विश्वको पहिलो अभियान आठौँ सामुदायिक वन राष्ट्रिय दिवस २०८० को बागमती प्रदेश वन तथा वातावरण […]

Continue Reading

सांसद तामाङद्वारा स्वर्गीय दुलालकी छोरीलाई SANN कलेजमा भर्ना

रेडियो मिसन । मेलम्ची निवासी स्वर्गीय गुरु प्रसाद दुलालकी छोरी सुजता दुलालले SANN INTERNATIONAL COLLEGE मा +२ अध्यनको अवसर पाउनुभएको छ । यो अवसर सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित, नेपाली काङ्ग्रेस बागमती प्रदेश सभा संसदिय दलका सचिव माननीय कृष्ण कुमार तामाङ (समीर) ले मिलाउनुभएको हो । गत बैशाख ९ मा बिग्रदो […]

Continue Reading

हेलम्बुका शिक्षकलाई आलोचनात्मक शिक्षण पद्धति कार्यशाला

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका विभिन्न ८ वटा विद्यालयका १४ जना शिक्षकलाई आलोचनात्मक शिक्षण पद्धति सम्बन्धित कार्यशाला सञ्चालन गरिएको छ । आलोचनात्मक शिक्षण पद्धति सम्बन्धी कार्यशालामा रूपान्तरणकारी शिक्षण अभ्यास, पाठ्यक्रम अनुसारको शैक्षिक कार्ययोजना र शिक्षकको तयारी लगायतका विषयहरूमा शिक्षकहरूबिच विस्तृत रूपमा छलफल गरिएको कार्यक्रम आयोजक संस्था जस्ट नेपाल फाउण्डेसनका फिल्ड संयोजक प्रकाश खड्काले बताउनुभयो । सहभागितमूलक एवं […]

Continue Reading

नेपाल राष्ट्रिय शिक्षक संगठनको १९ औ जिल्ला परिषद् सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन, सिन्धुपाल्चोकको १९ औ जिल्ला परिषद् मेलम्चीमा सम्पन्न भएको छ । संगठनका पूर्व जिल्ला अध्यक्ष एवं नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर बहादुर अर्यालको प्रमुख आतिथ्यमा उक्त परिषद् सम्पन्न भएको हो । संगठनका जिल्ला अध्यक्ष मैया पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिब उद्ववकुमार लामिछानेले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष क्षेत्रप्रताप अधिकारीले आर्थिक प्रतिवेदन र […]

Continue Reading

अनेरास्ववियुद्धारा एसइईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी सिन्धुपाल्चोकले परीक्षा एसइईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान सहित छात्रवृति व्यवस्थापन गरेको छ । काठमाडौको पशुपति बहुमुखी क्याम्पसमा एक कार्यक्रमकाबिच अनेरास्ववियु सिन्धुपाल्चोकले सिन्धुपाल्चोक जिल्लाभरबाट अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला आयोजक कमिटीले माध्यमिक शिक्षा परीक्षा २०७९ को एसइईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रमाण पत्र सहित बधाई तथा सम्मान गरेको हो […]

Continue Reading

हेलम्बुले +2 का विद्यार्थीलाई एउटै केन्द्रमा राखेर पढाउँदै

हेलम्बु गाउँपालिकाले ११ र १२ (प्लस टू) का विद्यार्थीलाई एउटै केन्द्रमा राखेर अध्यापन गराइरहेको छ।  गाउँपालिकाभित्र रहेका तीनवटा प्लस टू विद्यालयका सबै विद्यार्थीलाई एउटै केन्द्रमा राखेर अध्यापन गराएको हो। ती विद्यार्थीलाई पढाउन गाउँपालिकाले हेलम्बु टिचिङ सेन्टर स्थापना गरिएको छ।   सो केन्द्रमा वडा नं २ को भूमेश्वरी माध्यमिक विद्यालय, वडा नं ४ को सरस्वती मावि र […]

Continue Reading