नौलिङ्गेश्वरी आधारभूत विद्यालयको ५५ औँ वार्षिकोत्सव सम्पन्न 

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

श्री नौलिङ्गेश्वरी आधारभूत विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ८ लाँगर्चेको ५५औ वार्षिकोत्सब शनिबार सम्पन्न भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले नेपालमै बसेर आफ्नो परिवारसँगै बसेर अध्ययन र काम गर्छु भन्ने भावना विद्यार्थीमा विकसित गराउन शिक्षकलाई आग्रह गर्नुभयो । उहाँले बुढा बा आमा मात्र देशमा रहने वातावरणको अन्त्य गर्न सबैको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले राज्यले शिक्षामा धेरै लगानी गरेको बताउँदै मन्त्री दुलालले यसको सदुपयोगका लागि विदेश पलायनलाई रोक्न पर्नेमा जोड दिनुभयो । उहाँले देश निमार्णका लागि स्वछ छवि भएका उमेद्वारलाई मात्र मत गर्न आग्रह गर्नुभयो ।

उहाँले विद्यालयमा अति आवश्यक चिजका लागि सहयोग गर्ने तर गुणस्तरीय शिक्षाका लागि शिक्षक, व्यवस्थापन समिति, विद्यार्थी, अभिभावक जिम्मेवार हुनुपर्ने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष विष्णुबहादुर खडका लगायतले गुणस्तरीय शिक्षा नै अहिलेको मुख्य कुरा रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा लोक गायक सूर्यमणि आचार्य तथा अन्य खातीप्राप्त कलाकार र विद्यार्थीले प्रस्तुति प्रस्तुत गरेका थिए ।

विद्यालयको प्रगति प्रतिवेदन प्रधानाध्यापक आश्मा तामाङले प्रस्तुत गर्नुभयो कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजन खडकाको अध्यक्षतामा भएको हो । 

No description available.
No description available.
No description available.
No description available.

Leave a Reply