काठमाण्डाै,
बिनोद नेपाल स्मृति फाउण्डेसनले सिर्जनशिल बाल सेवा परिवार, कागेश्वरी मनाेहरा नगरपालिका वडा नं ९, काठमाण्डौलाई नगद रु.५०,००० (अक्षरेपी पचास हजार) सहयाेग गरेकाे छ ।
स्व. इं. बिनोद नेपालको जन्मदिनमा एक कार्यक्रमकाे आयाेजना गरि ५० हजार सहयोगको चेक फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गंगादत्त नेपालले सिर्जनशिल बाल सेवा परिवार संस्थाका संस्थापक अध्यक्ष उमादेवी बस्नेतलाई हस्तान्तरण गर्नुभयाे। यस वर्षको फागुन १४ गते स्व. बिनोद नेपालको जन्मदिन अनाथ वालवालिकाको हित गरी समाजमा उदाहरणीय रुपमा रहेको सिर्जनशिल बाल सेवा परिवारकाे प्राङ्गणमा एक कार्यक्रमका बिच मनाइएकाे हाे ।
फाउण्डेसनले विभिन्न संस्थाहरुलाई सहयोग तथा दान प्रदान गर्दै आएको छ । उक्त अवसरमा बिनोद नेपाल स्मृति फाउण्डेसनका अध्यक्ष डा. गंगादत्त नेपालले यस प्रकारको सानो सहयोगबाट अनाथ बालबालिकाहरुलाई शिक्षादिने जस्तो महान कार्यमा यस संस्थालाई केही भएपनि सहयोग पुगोस भन्ने फाउण्डेसनले आशा राखेको बताउनुभयाे । भविष्यमा पनि यस्ताे पवित्र कार्यमा संस्थाकाे संलग्नता रहिरहने नेपालले जानकारी दिनुभयाे ।
‘फाउण्डेसन यस संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछ’, नेपालले भन्नुभयाे । फाउण्डेसनका सचिव रोहिणीराज नेपालले सहयोग रकम र फाउन्डेसनको स्थापना हुनुका कारणबारे प्रष्ट पार्नुभएकाे िथयाे । सिन्धुपाल्चोक जिल्लाकाे मेलम्ची नगरपालिका वडा नं ६ तालामाराङ्गमा जन्म भई काठमाडौँकाे बुढानिलकण्ठ नगरपालिका १२, कपन, आदर्शनगर वस्ने सिभिल इन्जिनियर बिनोद नेपालकाे उच्चशिक्षा अध्ययनका क्रममा संयुक्तराज्य अमेरिकामा रहंदा सडक दुर्घटनामा परी असामयिक निधन भएको थियो ।
आफ्नो अध्ययन प्रति लगनशील नेपालकाे सम्झनामा स्थापना भएको यस संस्थाले समाजमा रहेको अशिक्षित, आवासविहिन, असक्त, असहाय, अपाङ्ग, सडक बालबालिका, पारिवारिक विछोड भई पीडित भएका जेष्ठ नागरिक र दीर्घरोग तथा ठूलारोग लागी उपचार विहीन भएका नागरिकहरूको हितगर्ने उद्देश्य लिएको संस्थाका अध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिनुभयाे ।
उक्त अवसरमा सिर्जनशिल बाल सेवा परिवारका संस्थापक अध्यक्ष उमादेवी बस्नेतले देशका विभिन्न स्थानवाट आएका अनाथ वालवालिकाहरुको संरक्षण तथा अध्ययन अध्यापनमा संस्थाले सहयोग पुराउँदै आएको जानकारी दिनुभयाे । हाल संस्थामा २० जना अनाथ वालवालिकाहरु रहेकाे उहाँले बताउनुभयाे । कार्यक्रमको संचालन फाउण्डेसनका कोषाध्यक्ष बृन्दा नेपालले गर्नुभएकाे थियाे ।
उक्त अवसरमा फाउण्डेसनका कार्यकारी समितिका सदस्य तिलचरण नेपाल र दिनेश आचार्य, संस्थाका आजिवन सदस्यहरु राजकुमार भट्टराई र प्रवेश अधिकारीकाे उपस्थिति रहेकाे थियाे ।
