खुतुमेमा ल्होछार विषेश कार्यक्रम सम्पन्न

रेडियो मिसन, कुञ्चोक । इन्द्रावती ३ खुतुमेमा ल्होछार विषेश कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ३ को खुतुमेमा तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा कार्यक्रम आयोजना गरिएको उत्थान केन्द्र नेपालले जनाएको छ । उत्थान केन्द्रले आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको अवसरमा बोल्दै अध्यक्ष नेपालले नेपाल सबै […]

Continue Reading

शिक्षक भलिबलको उपाधी राजेश्वरीलाई, प्रताप सिं तामाङ उत्कृष्ठ खेलाडी घोषित

रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिकामा भएको शिक्षक भलिबल प्रतियोगिताको उपाधी राजेश्वरी माध्यामिक विद्यालयले जितेको छ । “शिक्षकको मर्यादित पेशा, विद्यार्थीलाई गुणस्तरीय जीवन उपयोगी शिक्षा” भन्ने मूल नाराका साथ नेपाल शिक्षक संघ इन्द्रावतीको आयोजनामा भएको फाइनल खेलमा आज ऐसेलुखर्क माध्यामिक विद्यालयलाई पराजित गर्दै  उपाधि जितेको हो । त्यस्तै भिमेश्वरी माध्यामिक विद्यालय तेस्रो र सिपा तीन […]

Continue Reading

सामाजिक परिचालन तथा टोल विकास संस्था सम्बन्धित तालिम सम्पन्न 

रबिन दनुवार, नवलपुर ।इन्द्रावती गाउँपालिकामा सामाजिक परिचालन तथा टोल विकास संस्था गठन र परिचालन सम्बन्धी तीन दिने आधारभूत तालिम सम्पन्न भएको छ । गाउँपालिकाको सहयोगमा आयोजित  तालिम प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।   टोल विकास संस्थान, बालमैत्री स्थानीय शासन तथा परिचालन, वातावरण मैत्री स्थानीय शासन तथा परिचालन, जेष्ठ नागरिक घरदैलो कार्यक्रम, […]

Continue Reading

चौथो हेलम्बु स्तरिय फुटबलको उपाधी हेलम्बु ५ ले हात पार्यो

रेडियो मिसन, हेलम्बु । चौथो हेलम्बु गाउँपालिका स्तरीय फुटबल उपाधि हेलम्बु ५ ले हात पारेको छ । आज भएको फाइनलमा आयोजक न्यु राइजिङ युवा क्लवलाई पराजित गर्दै र हेलम्बु ५ ले उपाधिमाथि कब्जा जमाएको हो। प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हेलम्बु ५ ले १ लाख दोस्रोले ५० हजार पुरस्कार प्राप्त गरेको न्यु राइजिङ युवा क्लबका संस्थापक […]

Continue Reading

इन्द्रावती गाउँपालिकाले सोनाम ल्होछारमा ९ गते बिदा दिने

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाले सोनाम ल्होछारमा ९ गते बिदा दिने निर्णय गरेको छ । २८५९ औँं ह्योई ल्हो (बिरालो वर्ग) सोनाम ल्होछारको अवसरमा बिदा दिने निर्णय गरेको सूचना निकालेर जानकारी गराएको छ । सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिका अन्तर्गत सम्पूर्ण […]

Continue Reading

इन्द्रावतीमा दिवा खाजा सम्बन्धि अभिमुखि कार्यक्रम सम्पन्न

रबिन दनुवार, नवलपुर ।विश्व खाद्य संगठनको दिवा खाजा सम्बन्धी स्थानीय तह अभिमुखी कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपालको अध्यक्षता र कार्यपालिका सदस्य एवं वडा अध्यक्षहरुको उपस्थितिमा कार्यक्रम गाउँपालिकामा सम्पन्न भएको हो । दिवा खाजा फिनल्यान्ड सरकारले नेपालमा पढ्ने बिद्यार्थीहरुलाई सहयोग कार्यक्रम रहेको अध्यक्ष नेपालले बताउनुभयो । दिवा खाजाको लागि देखिएको […]

Continue Reading

दुवै मृगौला फेल भएका मेलम्ची १० की खड्काको उपचारमा सहयोगको अपिल

रेडियो मिसन, मेलम्ची ।  दुवै मृगौला फेल भएर उपचाररत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० की ३५ वर्षीय तारादेवी खड्का आचार्यले सहयोगका लागि अपिल गर्नुभएको छ । उहाँको दुबै मिर्गौला फेल र मुटुमा समेत समस्या भएको छ । उहाँको आर्थिक अवस्था कमजोर भएका कारण उपचारको लागि सहयोगको अपिल समेत गरिएको छ । खड्का हाल त्रिभुवन […]

Continue Reading

सुनकोशी गाउँपालिकाले जटिल रोगका बिरामीहरुलाई औषधी उपचारका लागि मासिक ५ हजार दिन थाल्यो

रेडियो मिसन नवलपुर । सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका दिर्घरोगका बिरामीहरुका लागि औषधी उपचारमा सहयोग गर्ने उदेश्यले मासिक ५ हजार दिन सुरु गरेको छ । नेपाल सरकारले यी चार रोगका बिरामीहरुलाई उपचारमा सहयोग गर्ने उदेश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय सरकारहरुलाई अनुरोध गरेको […]

Continue Reading

लिसंखुपाखरमा ल्होछारमा तीन दिन सार्वजनिक बिदा

रेडियो मिसन, चौतारा । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व  ‘सोनाम ल्होछार’ मा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार सूचना जारी गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर बिष्टले कार्यपालिकाको निर्णय अनुसार बिदा दिएको जानकारी दिनुभयो । २८५९ औँ ह्योई ल्हो  बिरालो वर्ग को सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय […]

Continue Reading

इन्द्रावती र मेलम्चीका प्रमुखहरु बिच समन्वय बैठक, गर्यो यस्तो निर्णय

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाका प्रमुखहरु बिच समन्वय बैठक बसेको छ । इन्द्रावती नदिको सिमा विवाद र नदिजन्य पदार्थ उत्खननमा बिबाद आए पछि समाधानका लागि आज दुई पालिकाकोजनप्रतिनिधिहरुकोउपस्थितिमा बैठक बसेको हो । दुवै पालिकाको प्रारम्भिक वातावरणीय परीक्षा प्रतिवेदन (IEE), नदिको प्रकृतिक बहाव तथा भौगोलिक परिस्थिति दुवै पालिकाका सम्बन्धित वडा अध्यक्षहरु सहितको प्रविधिक […]

Continue Reading