रेडियो मिसन, नवलपुर ।
तेस्रो इन्द्रावती अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता को फाइनलमा इन्द्रावती ९ र इन्द्रावती १२ बिच प्रतिस्पर्धा हुने भएको छ । आज भएको पहिलो सेमिफाइनलमा इन्द्रावती इन्द्रावती ४ लाई २–० गोलको अन्तरले पराजित गर्दै वडा नम्बर १२ फाइनलमा प्रवेश गरेको हो । आजै भएको दोस्रो सेमिफाइनलमा वडा नम्बर ९ ले १० नम्बरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै वडा नम्बर १२ सँगको फाइनल भेट पक्का गरेको हो । निर्धारित समयमा दुवै टिमको तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।
वडा नम्बर १२ र ९ बिचको फाइनल खेल भोलि दिउँसो हुने र त्यस अघि तेस्रो स्थानको लागि इन्द्रावती ४ र इन्द्रावती १० बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । साथै फाइनल खेल अघि इन्द्रावती गाउँपालिका भित्रका कर्मचारी र जनप्रतिनिधि बिच पनि मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने जनाएको छ ।
ज्यामिरेमानेमा रहेको सहिद स्मृति रङ्गशालामा जारी प्रतियोगिताको विजेताले एक लाख नगद रनिङ शिल्ड, मेडल, प्रमाण पत्र पाउने छन् । त्यस्तै उपविजेताले नगद ६० हजार र तेस्रो हुने ४० हजार पाउने छन् । गत संस्करणको उपाधि वडा नम्बर पाँचले जितेको थियो ।
गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यमामा हुने समापन कार्यक्रममा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूबाट वृहत सांस्कृतिक कार्यक्रम पनि हुने भएकोले सबैमा उपस्थितिका लागी निमन्त्रणा पनि गरिएको छ ।