शैक्षिक गुणस्तर अभिवृद्वि गर्न मेलम्ची ९ ज्यामिरेमा १७ बुँदे सामुहिक प्रतिवद्वता जारी

ज्यामिरे । शैक्षिक गुणस्तर अभिवृद्वि गर्न मेलम्ची ९ द्वारा आयोजित सरोकारवालाहरु संगको २ दिने अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम ज्यामिरेमा १७ बुँदे सामुहिक प्रतिवद्वता जारी गर्दै समापन भएको छ । श्रावण २६ र २७ मा भएको अभिमुखिकरण कार्यक्रममा विद्यालयका प्रअ, विव्यसका प्रतिनिधि, शिक्षक लगायतको उपस्थिति रहेको थियो । वडाको शैक्षिक गुणस्तर बृद्विको लागी कार्यक्रमको आयोजना गरिएको वडा […]

Continue Reading

जनविकास माविमा हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वेद्धारा शैक्षिक तथा अध्ययन सहयोग

चौतारा ११ को जनविकास माविमा हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वेद्धारा शैग्कि तथा अध्ययन सामाग्रि सहयोग गरीएको छ । हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वे संस्थाले जन विकास मावि पाथीभरामा अध्ययनरत २० जना गरिब र जेहेन्दार विद्यार्थीलाई शैक्षिक तथा अध्ययन सहयोग गरेको छ । जनविकास माविमा सम्पन्न कार्यक्रममा विद्यालयमा विभिन्न तहमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग,ड्रेस,ट्र्याक सुट,कपि कलम, […]

Continue Reading

सामुदायिक वनको उद्गम स्थल ठोकर्पामा मनाइयो सामुदायिक वन राष्ट्रिय दिवस २०८०

ठोकर्पा । सामुदायिक वनको उद्गम स्थल सिन्धुपाल्चोकको ठोकर्पामा सामुदायिक वन राष्ट्रिय दिवस २०८० मनाईएको छ । उत्पादन, रोजगार र समृद्विका लागि सामुदायिक वन व्यवस्थापन भन्ने मुल नारा सहित सुनकोशी गाउँपालिका १ ठोकर्पामा कार्यक्रम गरिएको हो । ठोकर्पा सामुदायिक वन : विश्वको पहिलो अभियान आठौँ सामुदायिक वन राष्ट्रिय दिवस २०८० को बागमती प्रदेश वन तथा वातावरण […]

Continue Reading

इन्द्रावतीमा अन्तर्राष्ट्रिय कोदोजन्य बाली बर्ष २०२३ मनाईयो

रेडियो मिसन ।अन्तर्राष्ट्रिय कोदोजन्य बाली बर्ष २०२३ इन्द्रावतीमा मनाइएको छ । आज एक कार्यक्रमका बिच इन्द्रावती गाउँपालिका ५ डडुवाखर्कमा अन्तर्राष्ट्रिय कोदोजन्य बाली बर्ष २०२३ मनाइएको हो । कोदोजन्य बाली अभियान अन्तर्गत कोदोको महत्व र यसका फाइदाहरूको बारेमा जानकारी दिइएको छ । परम्परागत रूपमा लगाईदै आएको कोदो बालिको परम्परालाई त्यागेर नयाँ प्रविधि बाट कोदो लगाउन सकेमा […]

Continue Reading

छाप भन्ज्याङ फट्केश्वर सडक खण्डको मर्मत तथा ग्रावेल कार्य अन्तिम चरणमा

रेडियो मिसन ।साँखु, जर्सिंङ्गपौवा मेलम्ची सडक अन्तर्गत छाप भन्ज्याङ फट्केश्वर खण्डको मर्मत तथा ग्रावेल गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । अब थोरै काम मात्रै बाँकी रहेकोले एकदुई भित्रै सञ्चालनमा आउने नगरप्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । उक्त सडक खण्ड अन्तर्गत १८ सय मिटर ग्रावेल ४ किलोमिटर नालीको मर्मत लगायत अन्य कार्य गर्न इ बेट […]

Continue Reading

इन्द्रावती १२ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषण, एक वर्षमा ५९ महिला स्वास्थ चौकीमा गएर सुत्केरी भए

रेडियो मिसन ।इन्द्रावती गाउँपालिका वडा नम्बर १२ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषण भएको छ । आज सोमबार भिमटार स्वास्थ चौकीमा एक कार्यक्रम गरि वडालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरिएको हो । वडा नम्बर १२ मा अब घरमा सुत्केरी हुने अवस्था अन्त्य भएको र स्वास्थ्य चौकीमै सुत्केरी गराउँदा सुरक्षित हुन्छ भन्ने चेतना सबैमा […]

Continue Reading

अनौपचारिक भ्रमणमा रहेका संसद तामाङलाई दुबईमा रहेका नेपालीद्धारा सम्मान

रेडियो मिसन ।अनौपचारिक भ्रमणमा रहनुभएका बागमती प्रदेशका संसद कृष्ण कुमार तामाङ (समिर) लाई दुबईमा रहेका नेपालीद्धारा सम्मान गरिएको छ । साथै संयुक्त अरव इमिरेट्स युएईमा रहेका नेपाली श्रमीकहरुको समस्या समाधानका लागी संसद कृष्ण कुमार तामाङलाई ज्ञापनपत्र पनि बुझाएको छ । नेपाली जनसम्पर्क समिती (यु.ए.ई) द्वारा आयोजित भेटघाट तथा सम्मान कार्यक्रमकोको अवसरमा सांसद तामाङलाई भेट गरी […]

Continue Reading

इन्द्रावतीमा फरक क्षमता भएकाहरूलाई ह्वीलचियर वितरण

रेडियो मिसन, नवलपुर इन्द्रावती गाउँपालिकाका फरक क्षमता भएकाहरूलाई ह्वीलचियर वितरण गरिएको छ । आज एक कार्यक्रमका बिच गाउँपालिकाका १९ जना, बोडगाउँ अस्पतालका लागी र नवलपुर प्राथमिक अस्पताल गरी २१ वटा ह्वीलचियर वितरण गरीएको हो ।  लाभग्राहीलाई सहज हुने गरी वडा नम्बर १०, ११ र १२ का लागि भिमटारमा, वडा नम्बर ६, ७, ८, र ९ का […]

Continue Reading

वातावरणलाई मानवमैत्री बनाउनुपर्छ : अध्यक्ष नेपाल

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले वातावरणलाई मानवमैत्री बनाउनुपर्ने बताउनुभएको छ । मानवको लागि वातावरण अपरिहार्य भएकोले यसका लागी गाउँपालिकाले कदम चाल्ने उहाँको भनाई छ । वृक्षरोपणमा हाम्रो एकता, हरियाली सडक निर्माणमा प्रतिवद्वता भन्ने नारा सहित इन्द्रावती गाउँपालिका ४ नं वडा कार्यालयको आयोजनामा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्वनका लागि वृक्षरोपण कार्यक्रम कर्यक्रमको अवसरमा […]

Continue Reading

वातावरण संरक्षण तथा हरियाली प्रवर्द्वनका लागि इन्द्रावती ४ द्वारा वृक्षरोपण

रेडियो मिसन, नवलपुर ।वृक्षरोपणमा हाम्रो एकता, हरियाली सडक निर्माणमा प्रतिवद्वता भन्ने नारा सहित इन्द्रावती गाउँपालिका ४ नं वडा कार्यालयको आयोजनामा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्वनका लागि वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो । वडाले आर्थिक बर्ष २०८०/८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वृक्षरोपणमा कार्यक्रम गरेको हो । करविर र ज्याकल्यान्डा लगायतका बिरुवा सडक छेउमा रोपिएको छ […]

Continue Reading