मेलम्ची नगरपालिका वडा नं. ९ स्थित ज्यामिरे स्वास्थ्य चाैकीकाे नवनिर्मित भवनको उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्र र वडा अध्यक्ष किरणदिप खड्काले संयुक्त रुपमा भवनको उद्घाटन गर्नुभएको हो ।
भवन उद्घाटन गर्दै नगर प्रमुख तामाङले सेवादिने कुरामा कन्जुस्याइँ नगर्न आग्रह गर्नुभयो । उहाँले जग्गा दातालाई धन्यवाद दिदै भवनबाट उल्लेख्य सेवा प्रबाह गर्न आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रमुख तामाङले अपुग जग्गा ब्यबस्थापन गर्नका लागी वडा र स्थानीयलाई आग्रह गर्दै आवश्यक संरचना निर्माणका लागी नगरपालिका सधै तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भवन निर्माण सम्पन्न पश्चात् सम्पुर्ण सेवा यहीँ स्वास्थ्य चौकी बाट हुने भएकाले संरचना बनिसकेपछि पायक अपायक भनेर नभन्न आग्रह गर्नुभयो । उहाँले ज्यामिरेलाई समृद्ध बनाउनका लागी यो पार्टी त्यो पार्टी नभनी एकढिक्का भएर अगाडि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्रले भवन बनिसकेपछि स्थानीयले नै संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य चौकीका लागी आवश्यक जनशक्ति र स्रोत साधनको अभाव हुन नदिने प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा जग्गा दाता रामचन्द्र गिरि र लिलाकुमारि गिरिलाई सम्मान गरिएको थियो । वडा अध्यक्ष किरणदिप खड्काको अध्यक्षतामा भएको कार्यक्रममा निबर्तमान अध्यक्ष कमल खड्का,चन्द्रबहादुर तामाङ, भरत खड्का लगायतले आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रमकाे अवसरमा मेलम्ची नगरपालिकाकाे तर्फबाट दलित समुदायलाई परम्परागत पञ्चे बाजा प्रदान गरिएकाे थियो ।
![](https://radiomission.org/wp-content/uploads/2023/10/387483204_2812722962203776_3947160279566856636_n-930x700.jpg)
![](https://radiomission.org/wp-content/uploads/2023/10/393272165_298326436345135_2684921832521667761_n-930x700.jpg)
![](https://radiomission.org/wp-content/uploads/2023/10/387549250_689192656470532_3140291435853578742_n-930x700.jpg)
![](https://radiomission.org/wp-content/uploads/2023/10/393338233_198303009881070_5889795875317875752_n-930x700.jpg)
![](https://radiomission.org/wp-content/uploads/2023/10/393593418_873171944489905_8699981925609369468_n-930x700.jpg)
![](https://radiomission.org/wp-content/uploads/2023/10/393426494_674073321367437_3786821073349116542_n-930x700.jpg)
![](https://radiomission.org/wp-content/uploads/2023/10/393086921_879852340364919_5242122346015514024_n-1051x700.jpg)
![](https://radiomission.org/wp-content/uploads/2023/10/393438298_3463210423939372_6967417342550635889_n-930x700.jpg)
![](https://radiomission.org/wp-content/uploads/2023/10/387532591_1514107529134826_7964258439475270034_n-930x700.jpg)