रेडियो मिसन ।
इन्द्रावती गाउँपालिकामा मेलमिलाप सम्बन्धि ८ दिवसिय ४८ घन्टे आधारभुत तालिम सुरु भएको छ । इन्द्रावती गाउँपालिका न्यायीक समितिको आयोजना र सामुदायिक क्षमता बिकास केन्द्र चौताराको सहजीकरणमा असोज २२ गते सम्म सञ्चालन हुने तालिमको आज गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथी झम्क नाथ नेपालले उद्घाटन गर्नुभएको हो। गाउँपालिकाको न्यायीक समिती संयोजक शोभना तामाङको सभापतित्वमा भएको तालिमको उद्घाटन भएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै न्यायीक समिती सदस्य खिल प्रसाद आचार्यले गाउँमा आउने सामान्य बिवाद तथा झमेलाहरु गाउमै समाधान गराउने अवधारणा अनुसार मेलमिलाप केन्द्रको स्थापना भएको र तालिम पश्चात् यस कुरामा सक्षम हुने अपेक्षा रहेको बताउनुभयो ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपालले तालिम लिएर सुचिकृत भएपछि राज्यको आधिकारिक र जिम्मेवार ब्यक्ति बन्ने बताउनुभयो । मेलमिलाप कर्ता बन्न मात्रै नभई न्यायोचित काम गर्न पनि यस्ता तालिमहरु आवश्यक पर्ने बताउनुभयो । नेपालले न्यायीक समितिले सन्तुलित ढंगले न्याय सम्पादन गर्ने गर्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि सबैलाई समेटेर समिती निर्माण गरेको उहाँको भनाई थियो ।

कार्यक्रमका सभापति गाउँपालिकाको उप प्रमुख तथा न्यायीक समिती संयोजक शोभना तामाङले नेपालको संबिधानत: स्थानीय सरकार आएपछि गाउँको बिवाद गाउँ स्तरमै समाधान गर्नकै लागि वडा मेलमिलाप केन्द्र स्थापन भएको बताउनुभयो । साथै तालिम पश्चात् गाउँमा हुने सामान्य विवादहरु गाउँमै समाधान गर्न सक्ने हुने अपेक्षा सहित सबैमा सक्रिय सहभागीताको लागि अनुरोध गर्नुभयो ।

तालिमका प्रमुख प्रशिक्षक अधिवक्ता सामुदायिक क्षमता बिकास केन्द्रका उद्दव प्रसाद अधिकारीले मेलमिलाप मेलमिलापकर्ताबाट मात्रै हुने बताउँदै उनिहरुले बिवादको फैसला गर्ने नभई जित जितको अवस्थामा समस्या समाधान गर्ने बताउनुभयो ।

न्यायीक समितिको सहयोगको लागि मेलमिलापकर्ताको आवश्यक पर्ने र मेलमिलापकर्ता स्थानीय तहमा मात्रै नभई सबै तहका अदालतहरुमा समेत हुने जानकारी दिनुभयो ।

वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरेले तलिमले आफू र समाज परिवर्तन गर्ने आधार तय गर्ने बताउँदै तालिमको मर्म अनुसार ब्यवहारमा लागू गर्न सुझाव दिनुभयो ।

गाउँपालिका भित्रका सबै वडाक वडा सदस्य लगायत ३० जना सहभागी रहेको तालिमाको अधिवक्ता उद्दब प्रसाद अधिकारी, गाउँपालिकाका रोजगार शाखाका गोबिन्द कोइराला र अग्नि दनुवारले सहजीकरण गर्ने न्यायिक समिती सजकजर्ता भुगोल आचार्यले जानकारी दिनुभयो ।
