रेडियो मिसन ।
ईन्द्रावती गाउँपालिका—९ भोटसिपामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा २ सय ७१ जनाले निःशुल्क स्वास्थ्य चेक जाँच गराएका छन् । ईन्द्रावती गाउँपालिका वडा नं. ११ बोडगाउँ आधारभुत अस्पतालको समन्वय तथा सहकार्य, जय नेपाल संस्था र ईन्द्रावती–९ वडा कार्यालयको संयुक्त आयोजनामा गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ७१ जनाले सेवा लिएका हुन् ।

शिविरमा डा.सुमन कर्माचार्य, डा.अनिता तिमल्सीना, डा.धर्मेन्द्र पाण्डे लगायत बिदेसी ईटालियन डा।हरुको टोलीले सेवा प्रदान गरेको थियो ।

वडामै सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको ईन्द्रावती–९ का वडा अध्यक्ष बाबुराम लामाले बताउनुभयो । गाउँमै निःशुल्क स्वास्थ्य चेकजाँच गर्न पाएपछि स्थानीय खुसी भएका छन् ।
