रेडियो मिसन ।
इन्द्रावती गाउँपालिकामा मेलमिलाप सम्बन्धि ८ दिवसिय ४८ घन्टे आधारभुत तालिम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिका न्यायीक समितिको आयोजना र सामुदायिक क्षमता बिकास केन्द्र चौताराको सहजीकरणमा असोज १५ बाट सुरु भएको तालिम आज सोमबार सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यता तथा गाउँपालिकाको न्यायीक समिती संयोजक शोभना तामाङको सभापतित्वमा एक कार्यक्रमका बिच तालिमको समापन गरिएको न्ययीक सहजर्का तथा कार्यक्रम सञ्चालक भुगोल आचार्यले जानकारी दिनुभयो ।
समापन कार्यक्रममा स्वागत मन्तव्य राख्दै न्यायीक समिती सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले तालिमपछि जिम्मेवार ब्यक्ति भएको भन्दै सभ्य समाज निर्माणको लागि दायित्व थपिएको बताउनुभयो । त्यस्तै उहाँले सिकेका कुरारालाई ब्यवहारमा लागु गर्न सुझाव दिनुभयो । साथै सक्रिय सहभागीताको लागि सहभागी सबैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष झम्क नेपालले दक्ष प्रशिक्षकहरुबाट प्रशिक्षण दिएको दाबी गर्नुभयो । साथै सिकेका कुराहरु ब्यवहारमा रुपान्तरण गर्न सके मात्रै सिकाइको औचित्य हुने धारणा राख्नुभयो । गाउँपालिकामा मेलमिलाप केन्द्र स्थापना र मेलमिलापकर्ता उत्पादनमा अरुको तुलनामा राम्रो रहेको बताउनुभयो ।
कार्यक्रमका सभापती गाउँपालिका उपाध्यक्ष तथा न्ययीक समिती संयोजक शोभना तामाङले समाजमा शान्ति कायम गर्न साथै बिकासको लागि पनि मेलमिलाप आवश्यक रहेको बताउँदै गाउँपालिकामा सुचिकृत भएपछि टोपी र कार्ड बितरणको ब्यवस्था गर्ने जानकारी दिनुभयो । साथै न्यायीक समितिले मेलमिलाप केन्द्र तथा मेलमिलापकर्ताको लागि गर्नुपर्ने सहयोगमा कुनै कन्जुस्याइँ नगर्ने पनि उहाँले बताउनुभयो । त्यस्तै उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने बताउँदै प्रतिस्पर्धात्मक भावना राखेर उत्कृष्ट काम गर्न पनि सुझाव दिनुभयो । हालसम्म गाउँपालिकामा १०६ जना मेलमिलापकर्ताहरु उत्पादन गरिसकेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बिशेष अतिथि प्रमुख प्रशासकिय अधिकृत पुर्ण दुलालले जिवनमा गरिने असल कामहरुमध्ये मेलमिलाप गर्नु एक भएकोले असल काम गर्न पछि पर्न नहुने बताउनुभयो । मेलमिलाप एक अर्ध न्यायिक निकाय भएको बताउदै मेलमिलापकर्ताले फैसला गर्ने नभई निर्णय गर्ने बताउनुभयो ।
वडा नम्बर ५ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले तालिम पश्चात् सुयोग्य मेलमिलापकर्ता बनेको बताउँदै गाउँमा भएका सामान्य बिवादहरु वडा मेलमिलाप केन्द्रमा ल्याई निरुपण गर्ने जिम्मेवारी प्राप्त गरेको बताउनुभयो । पहिला जुन माध्यमबाट चिनिएको भएपछि अब मेलमिलापकर्ताको रुपमा पहिचान फेरिएको बताउनुभयो । उहाँले अभाव र दवावबाट प्रभावित नभई मेलमिलाप गर्न सुझाव पनि दिनुभयो । साथै अन्यायमा परेकालाई न्यायको महसुस गराउनु नै मेलमिलापकर्ताको मुख्य जिम्मेवारी भएको उहाँको भनाइ छ ।
त्यस्तै कार्यक्रममा सहभागीहरुको तर्फबाट आफ्नो भनाई राख्दै सहभागी नेत्र आचार्यले तालिम अवधीभर विवाद के हो ? बिवादका कारणहरु के के हुन कसरी समाधान गर्ने भन्नेबारे धेरैकुराहरु सिकेको बताउनुभयो । तालिमको लिने अवसर दिएकोमा गाउँपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो । पहिला पनि गाउँमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धेरै बिबादहरु मिलाएको बताउदै त्यो प्रक्रियागत बिवाद समाधान नभएकोले अब भने प्रक्रियागत तरिकाले विवाद समाधान गर्न पर्ने कुरा बुझेको बताउनुभयो । साथै मेलमिलापकर्ता हो भनि पहिचान हुनको लागि ड्रेस वा टोपी भए पनि ब्यवस्था गर्न माग गर्नुभयो । आधुनिक प्रबिधिको प्रयोग गरि गरिएको सिकाई प्रभावकारी हुनुका साथै बुझ्न सजिलो भएको अर्का सहभागी कार्यपालिका सदस्य सीता तिरुवाले बताउनुभयो । त्यस्तै बिवाद समाधानको लागि पहिला बिवादको प्रकृति पहिचान गर्नुपर्ने बताउनुभयो ।
गाउँपालिका भित्रका सबै वडाक वडा सदस्य लगायत ३० जना सहभागी रहेको तालिमाको अधिवक्ता उद्दब प्रसाद अधिकारी, सामुदायिक क्षमता बिकास केन्द्रका संयोजक गोबिन्द कोइराला र अग्नि दनुवारले सहजीकरण गर्नुभएको न्यायिक सजकजर्ता भुगोल आचार्यले जानकारी दिनुभयो ।