मेलम्चीमा तामाङ भाषामा पढाई हुने

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले स्थानीय तहको भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा सुरु गर्ने भएको छ ।

मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले नेपाल बहुभाषिक देश भएको र यस नगरपालिकामा अधिकांश तामाङ बसोबास गर्ने र तामाङ भाषा बोल्ने भएकोले सङघीय कानुन र बहुभाषिकताको मर्म अनुसार तामाङ मातृभाषा शिक्षाको लागि कार्यक्रम ल्याइन लागेको बताउनुभएको छ । नगर अधिवेशनबाट बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गने उहाँले जानकारी दिनुभयो ।

साथै उहांले शिक्षा क्षेत्रको सुधारका लागि विज्ञहरूको उपस्थितिमा कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल तामाङ घेदुङ संघका संघिय सह–अध्यक्ष कुमार घिसिङ, मातृभाषा शिक्षा अभियान्ता प्रतीक ङेसुर तामाङ र हिरामान तामाङ बीच मंगलबार मेलम्चीमा भएको छलफलको क्रममा उँहाले यस्तो बताउँनु भएको नगर प्रमुखको सचिबालयले जनाएको छ ।

सचिबालयका मानकाजी तामाङ पाख्रीनका अनुसार शिक्षा अभियान्ता प्रतीक ङेसुर तामाङले स्थानीय भाषा नीति, मातृभाषा शिक्षा, तामाङ विषय शिक्षा, शैक्षिक गुणस्तर एवम् भाषा र सिकाइको सम्बन्धका विषयमा आफ्नो भनाई राख्नु भएको थियो ।

Leave a Reply