मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मेलम्ची बजार र नगरपालिकाकै वडा नम्बर ७ र ८ लाई सडकमार्गले जोड्ने स्थान फट्टेमा ह्युम पाइप राख्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
चाडवाड नजिकिएको र खोलाको सतह घटे संगै नगरप्रमुख आइतमान तामाङको निर्देशनमा ३ दिन अघि देखि सुरु गरेको अस्थायी पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । २ हप्ता अगाडीबाट सञ्चालनमा आएको उक्त अस्थायी पुल पुन १६ गते आएको बढीले पुनः क्षति पुर्याए पछि मर्मत गरी संचालनमा ल्याउन लागिएको हो ।
२०७८ साल असार १ को बाढीले पक्कि पुल बगाए संगै हिउँदमा अस्थायी रुपमा खोलामा ह्युम पाइप राखेर सवारी आवागमनलाई सहज बनाउने गरिएको छ । बर्खा लागे संगै उक्त ह्युमपाइप झिके पश्चात् मेलम्ची नगरपालिकाको वडा नम्बर ७, ८, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाको नागरीकले सास्ती खेप्दै आएका थिए ।
अब अस्थायी पुल निर्माण संगै स्थानीयलाई चाडपर्वको लागि आबश्यक सामाग्री ढुवानी गर्न तथा मानिसहरुलाई आवातजावत गर्न सहज हुनेछ । उक्त स्थानमा नगरपालिकाले पक्की पुल निर्माणको प्रक्रिया अघि बढाएको छ ।