सरस्वती मावि बचाउन पुर्व विद्यार्थीहरुको अभियान शुभारम्भ

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर २ कै शिक्षाको दर्विलो इतिहाँस बोकेको श्री सरस्वती माध्यामिक विद्यालय ग्याल्थुम स्कुल मेलम्ची नदीको कटानसंगै उच्च जोखिममा परेको छ ।

बाढीले पटकपटक कटान गरि हेलम्बु गाउँपालिका वडा नम्बर ४ मा रहेको सो विद्यालयको भौतिक संरचना समेत बगाउने अबस्थामा पुगेपछि सो विद्यालय जोगाउनका लागि पुर्व विद्यार्थीहरुको अहिले एकै ठाउमा भेला भै विभिन्न उपाय खोजी गरि संरक्षण अभियान समेत शुभारम्भ गरेका छन् ।

२०८० असोज २० गते शनिबार काठमाडौंमा भएको सो विद्यालयका पुर्व विद्यार्थीहरुको भेलाबाट विद्यालय जोगाउनका लागि तीन वटै सरकारसंग समन्वय गरि सरकारी मापदण्ड अनुसार पुर्व विद्यार्थीबाटै भौतिक संरचना बनाएर विद्यालयका साथै ग्याल्थुम बजार समेत जोगाउने अभियानमा एक जुट भई कार्य सम्पन्न गर्ने गराउने सहमती भएको छ । यसै कार्यक्रमलाई औपचारिक रुपमा सञ्चालन गर्नकालागि विद्यमान ऐन कानुनअनुसार सामाजिक कार्य गर्न गरानकालागि पनि सो भेलाको आयोजना गरिएको बताइएको छ ।

सरस्वती माबि संरक्षण अभियान २०८० को काठमाडौमा भएको उत्साहजनक भेलामा सहभागी विद्यालयका पुर्वप्रधानअध्यापक केदारनाथ खनाल, विद्यालयका सस्थापक शिक्षक पारशमणि पोखरेल, पुर्वप्रधानअध्यापक हरिकुमार शर्मा, पुर्वप्रधानअध्यापक तथा पुर्वविद्यार्थी भीमबहादुर कार्की, प्रदेश सभाका पुर्व स्वास्थ्यमन्त्री तथा पुर्व विद्यार्थी निमा लामा, बागमती प्रदेशका साँसद तथा पुर्व विद्यार्थी कृष्णकुमार तामाङ (समिर), हेलम्बु गाप वडा नम्बर ४ का वडाध्यक्ष तथा वार्ड अध्यक्ष बुद्धिमान तामाङ लगायत अधिकाशं पुर्व विद्यार्थीको बृहत्त भेलाबाट विद्यालय बचाउने सन्र्दभमा एक जुट भएर अगाडि बढ्ने सहमति भएको छ ।

सोही भेलाले ७ सदस्यीय पुर्व विद्यार्थी समाज तदर्थ समिति समेत गठन र अभियानका लागि १७ सदस्यीय संयोजक मन्डल तथा विभिन्न बिषयगत समितिको गरि सार्वजनिक गरिएको छ ।

स्थानीय पालिका र विद्यालयसंग समन्वय र सहकार्य गरि संस्था दर्ता, बैंक खाताको बैधानिकता, प्राबिधिक रुपमा सरकार तथा स्थानीय निकायको मापदण्ड अनुसार डिजाईन लागत ईष्टिमेट तयार गर्दै, सहयोग संकलन कार्यलाई निरन्तरता दिदै अभियानलाई मुर्तरुप दिने सर्वसम्मतले निर्णय गरिएको छ ।

सो भेलामा पुर्व विद्यार्थीकै हैशियतमा सहभागी बागमती प्रदेशका साँसद कृष्णकुमार तामाङ (समिर) ले सो क्षेत्रका हरेक विकास निमार्णमा विद्यमान ऐनमा रहेर गर्नु पर्ने कामलाई आफ्नो तर्फबाट गर्नु पर्ने सवै काम गर्न तयार भएको बताउनुभयो । उहाँले सो क्षेत्रको विकास निर्माणसंगै आफु अध्ययन गरेको विद्यालय अहिले मेलम्ची नदीको कटानका कारण उच्च जोखिममा परेकाले सो विद्यालय बस्ती समेत जोगाउन पुर्वविद्यार्थी साथीहरुको भेलाले आफुलाई अझ हसौला बढेको र सो अभियानलाई सम्पन्न गराउन आफुले गर्नु पर्ने सवै कार्य गरि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

वागमती प्रदेशकै पुर्व स्वास्थ्यमन्त्री निमा लामाले पनि सो अभियानलाई आफ्नो तर्फबाट गनुृ पर्ने सवै सहयोग गर्न आफु तयार रहेको बताउनुभयो । सोही कार्यक्रममा पुर्वप्रधानअध्यापक हरिकुमार शर्माले व्यक्तीगत रुपमा सो अभियानलाई सफल बनाउन १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग समेत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसैगरी, पुर्वविद्यार्थी देवीलाल शर्माले २५ हजार ५ सय २५, पुर्वविद्यार्थी दिलबहादुर थापाले २० हजार २ सय २० र पुर्वविद्यार्थी गगन थापाले ५ हजार रुपैयाँ सो अभियानलाई सफल बनाउन आर्थिक सहयोग गरेका छन् ।

Leave a Reply