गाँउगाँउमा बैंकको रुपमा सहकारी स्थापित गर्नुपर्छः आइतमान तामाङ

* # अर्थ बाणिज्य पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले सहकारी संस्थामा शेयर लगानी र बचत बढाउन आग्रह गर्नुभएको छ ।

ज्यामिरे साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभामा प्रमुख अतिथि रहनु भएका तामाङले सहकारीलाई गाँउगाँउमा बैंकको रुपमा स्थापित गर्नुपर्ने बताउनु भएको हो । शेयर र बचत वृद्धि भएमा संस्था मुनाफामा जाने र बोनस वितरण गर्न सकिने बताउनु भयो ।


प्रमुख तामाङले असल र खराब ऋणी पहिचान गरेर पुरस्कार र दण्डको व्यवस्था गर्न सहकारीलाई सुझाव दिनु भएको थियो । तामाङले सहकारीबाट ऋण लिएर नतिर्ने गरेमा सरकारबाट पाउने सेवा सुविधा बञ्चित गर्ने कानुनी व्यवस्था रहेको सदस्य हरुलाई जानकारी गराउनुभयो । सहकारीलाई व्यवस्थित बनाउन सकेमा किसानले सहज रुपमा ऋण पाउन सकिने भएकाले पनि यसको प्रवर्द्धनमा लाग्न शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो ।


कार्यक्रममा वडा नं ९ का वडा अध्यक्ष किरणदिप खड्काले सहकारीको संरक्षणमा स्थानीय सरकार निरन्तर लागिपर्ने बताउनुभयो । साना किसान कृषि सहकारी संस्था बागमती प्रदेश समितिका सदस्य मित्रलाल चौलागाईले सहकारी संस्थाको औचित्य पुष्टि गर्नुभएको थियो ।

साना किसान कृषि सहकारी संस्था बागमती प्रदेश समितिका सदस्य मित्रलाल चौलागाईले सहकारी संस्थाको औचित्य पुष्टि गर्नुभएको थियो ।

कार्यक्रममा सहकारी शाखाका अनिल सिग्देल लगायतको उपस्तिथिति रहेको थियो । सहकारी संस्थाका अध्यक्ष केशव बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा सचीव भेषबहादुर गिरिले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is 2-933x700.jpg

Yoast SEO

Leave a Reply