रेडियो मिसन ।
ईन्द्रावती गाँउपालिका वडा नम्बर १ मा चियापान कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यसमितिको आयोजनामा सो कार्यक्रम गरीएको हो ।
कर्यक्रमको अवसरमा बोल्दै ईन्द्रावति गाँउपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि झम्कनाथ नेपालले चाडपर्वको शुभकामना दिँदै सम्भावनाको हिसावले ईन्द्रावति १ धनि वडा भएको बताउनुभयो । वडागत रुपमा पनि धेरै काम भईरहेको उहाँले बताउनुभयो । पालिकाले पनि ठुला योजनाहरुमा काम गरीरहेको उहाँको भनाई थियो । चुनावको बेला बोलेको केही कामहरु भईसकेको र बाँकी काम निरन्तर गरीरहने उहाँले बताउनुभएको छ । वडा सरकार नागरीकको नजिकको सरकार भएकाले सेवा सहज रुपमा पाउने वातावरण सृजना गर्नुपर्ने उहाँले बताउनुभएको छ ।
यस्तै कार्यक्रमको अवसरमा बोल्दै ईन्द्रावति गाँउपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले चाडपर्वहरु सौहार्दता र भाईचाराको विकास गर्दै मनाउनुपर्ने बताउनुभयो । चाडपर्वले परिवारको मिलन गराउनुका साथै आपसी सम्बन्ध बलियो बनाउने बताउनुभयो । श्रोतको धनि रहेको सिम्पालकाभ्रेको माग पुरा गरेर श्रोतको उपयोग गर्ने उहाँले बताउनुभएको छ । बृहद खानेपानिले ईन्द्रावतिको ११ वटा वडामा पानि खुवाँउदै गर्दा सिम्पालकाभ्रेमा एक घर एक धारा अनिवार्य रुपमा बनाईसक्नुपर्ने प्रवक्ता आचार्यको भनाई थियो ।
चियापान कार्यक्रममा गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, गाँउपालिकाका प्रवक्ता शशिनाथ आचार्य, नेकपा एमाले बागमति प्रदेश समिटि सदस्य राम बहादुर सुनार, नेकपा एमाले ईन्द्रावति गाँउकमिटी सचिव रामशरण गिरि, युवा संघ पालिका अध्यक्ष आईतमान तामाङ (मिलन), तथा निर्वाचित वडा सदस्यहरुको सहभागिता रहेको थियो भने कार्यक्रम वडा अध्यक्ष चिनलाल तामाङको सभाध्यक्षतामा भएको थियो ।