इन्द्रावती गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा स्थानीय तह घोषणा

इन्द्रावती गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा स्थानीय तह घोषणा गरिएको छ। सोमबार गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तथा गाउँपालिका सामाजिक विकास समितिका संयोजक रविन्द्र कुमार खातीको सभापतित्वमा आयोजित विशेष कार्यक्रममा उक्त घोषणा गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कानाथ नेपाल, उपाध्यक्ष शोभाना तामाङ, शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख बैकुण्ठ सुवेदी, विभिन्न वडाका […]

Continue Reading

इन्द्रावतीमा जनसंख्या नक्सांकन, बसाइँसराइ र जलवायु प्रभावबारे अध्ययन

नवलपुर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा जनसंख्या, बसाइँसराइ तथा जलवायु परिवर्तनले स्थानीय विकासमा पारेको प्रभावबारे अध्ययन गरिएको छ। सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च सिन्धुपाल्चोकको समन्वयमा ICIMOD को आर्थिक तथा KU/NISD को प्राविधिक सहयोगमा ‘Successful Intervention Pathways for Migration as Adaptation (SUCCESS)’ कार्यक्रमअन्तर्गत अध्ययन तथा तथ्यांक संकलन गरिएको हो। गाउँपालिकाका १२ वटै वडामा स्थलगत भ्रमण, स्थानीयवासीसँग […]

Continue Reading

इन्द्रावती ४ मा किसानहरूलाई २३ वटा मिनिटिलर वितरण

नवलपुर ।इन्द्रावती गाउँपालिका वडा नम्बर ४ ले किसानहरूलाई मिनिटिलर वितरण गरेको छ। वडाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत मागमा आधारित २३ वटा मिनिटिलर वितरण गरिएको हो । २९ हजार लागत पर्ने मिनिटिलर किसानहरूले ५० प्रतिशत अनुदानमा पाएका छन् । कार्यक्रममा बोल्दै वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले स्रोतको कमी हुँदाहुँदै पनि किसानहरूको सहजताका […]

Continue Reading

मेलम्ची नगरपालिकाद्वारा बजार अनुगमन : म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्री जफत गरी नस्ट 

उपभोक्ताको संरक्षण, बजार अनुशासन कायम तथा व्यवसायिक पारदर्शिता सुदृढ गर्ने उद्देश्य सहित मेलम्ची नगरपालिकाले तीनदिने सशक्त बजार अनुगमन अभियान सम्पन्न  गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयुक्त पहलमा मेलम्ची नगरपालिकाले “मूल्य पारदर्शिता सप्ताह” अन्तर्गत नगरपालिकाभित्रका विभिन्न बजार क्षेत्रमा अनुगमन अभियान सञ्चालन गरिएको […]

Continue Reading

देउराली–पोखरे खण्डमा कालोपत्रे सुरु, स्थानीय उत्साहित

सिन्धुपाल्चोक जिल्लाको बहुप्रतिक्षित चौतारा–सिपाघाट–कात्तिके–काठमाडौं सडकअन्तर्गत देउराली–पोखरे खण्डमा कालोपत्रे गर्ने काम सुरु भएको छ। राजधानी काठमाडौंसँग छोटो दूरीमा जोड्ने लक्ष्यसहित निर्माण भइरहेको यस सडकको कालोपत्रे हुन बाँकी देउरालीदेखि झ्याँडीसम्मको १२ किलोमिटर सडकखण्डमध्ये हाल देउरालीदेखि पोखरेसम्म करिब २ किलोमिटर क्षेत्रमा कालोपत्रे कार्य तीव्र रूपमा अघि बढाइएको हो। निर्माण व्यवसायीका अनुसार हाल भइरहेको काम सम्पन्न भएपछि पूर्वाधार विकास […]

Continue Reading

इन्द्रावती गाउँपालिकामा एकैदिन ५० भन्दा बढी पसलमा अनुगमन, म्याद, मूल्यसूची र स्वच्छता जाँच

नवलपुर । इन्द्रावती गाउँपालिकाभित्रका विभिन्न स्थानहरूमा रहेका पसल तथा व्यवसायिक प्रतिष्ठानहरूमा व्यापक बजार अनुगमन गरिएको छ। गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक शोभाना तामाङको समन्वयमा गाउँपालिकाका वडा नम्बर २, ३, ४, ७, १०, ११ र १२ का विभिन्न बजार क्षेत्रमा गरिएको हो। अनुगमन टोली ५० भन्दा बढी पसल, किराना स्टोर, होटल–रेस्टुरेन्ट, औषधि पसल, भेटेरिनरी लगायतका […]

Continue Reading

‘स्वस्थ शहर’ अभियानमा अघि बढ्दै मेलम्ची, नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

मेलम्ची । “एक जिल्ला, एक स्वस्थ शहर” कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिका स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम आज मेलम्ची नगरपालिकामा सम्पन्न भएको छ । नगर प्रमुख आइतमान तामाङ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । बागमती प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना र नगरपालिकासँगको समन्वयमा […]

Continue Reading

सहरे बगरमा पुनः खेती हुने, पाँच वर्षपछि पलाउँदै आशा

​मेलम्ची । वि.सं. २०७८ सालको विनाशकारी बाढीले बगरमा परिणत गरिदिएको माझी गाउँस्थित सहरे बगर क्षेत्र फेरि ब्युँझिने चरणमा पुगेको छ। लामो समयको सङ्घर्ष र निरन्तरको प्रयासपछि सहरे बगरको खेत सरसफाइ गरी पुनः खेतीयोग्य बनाउने कार्य सुरु भएसँगै स्थानीय किसानहरूमा नयाँ उत्साह र आशा पलाएको हो। ​बाढीले पुरेको आरुवोट वेशी बगर क्षेत्रलाई पुरानै उर्वर अवस्थामा फर्काउनका […]

Continue Reading

मेलम्ची नगरपालिका ‘स्वस्थ शहर’ का रूपमा छनोट

चाैतारा । मेलम्ची नगरपालिका ‘स्वस्थ शहर’का रूपमा छनोट गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न जिल्ला स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिइएको हो। बागमती प्रदेशका १३ जिल्लामध्ये प्रत्येक जिल्लाबाट एक–एक स्थानीय तह छनोट गर्ने योजना अनुसार सिन्धुपाल्चोकबाट मेलम्ची नगरपालिका चयन गरिएको हो। कार्यक्रम जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा […]

Continue Reading

मेलम्ची र घोराहीबीच अनुभव आदानप्रदान, न्यायिक समितिको कार्यप्रणाली मुख्य आकर्षण

मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान र घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी तथा उपप्रमुख हुमा कुमारी डि.सी.बीच अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। भेटघाटका क्रममा विशेषगरी न्यायिक समितिको प्रभावकारी कार्यसम्पादनबारे विस्तृत छलफल गरिएको थियो। घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डि.सी.ले न्यायिक समितिमार्फत सम्पन्न भएका उत्कृष्ट कार्यहरू, विवाद समाधानका सफल अभ्यासहरू तथा सेवाग्राहीमैत्री कार्यशैलीबारे जानकारी गराउनुभएको थियो […]

Continue Reading