इन्द्रावती गाउँसभाद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट पारित

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

नवल्पुर । इन्द्रावती गाउँपालिकाको नगरसभाबाट आर्थिक वर्ष २०८३/८४ का लागि ८३ करोड १० लाख ७९ हजार रुपैयाँको बजेट पारित भएको छ । असार १० गते प्रस्तुत बजेटमाथि छलफलपछि २७ गते नगरसभाको दोस्रो बैठकले यसलाई अन्तिम रूप दिएको हो। 

पारित बजेटबाट गाउँपालिकाको दिगो पूर्वाधार विकास आर्थिक सामाजिक विकास समृद्धि रोजगार सृजना हुने र यसबाट गाउँपालिका बासीमा जोस जाँगर र उत्साहमा वृद्धि भई गाउँपालिकाको समग्र विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । 

गाउँपालिकाले बजेटमार्फत अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो दिगो तथा समावेशी आर्थिक वृद्धि हासिल गर्ने गुणस्तरीय सामाजिक विकास सुरक्षा र न्यायको प्रत्याभूति गर्ने तथा लगानी मैत्री वातावरण गर्नका निर्माण गर्नका लागि निजी क्षेत्रको मनोबल उच्च बनाउने लक्ष्य लिएको जनाएको छ । 

साथै आय र रोजगारीका अवसर सिर्जना गर्दै गरिबी न्यूनीकरण गर्ने समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने र बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ । त्यसैगरी आर्थिक विकासतर्फ कृषि तथा पशुपालनको आधुनिककरण व्यवसायिकीकरण पर्यटन प्रवर्धन उद्योग तथा उत्पादन वृद्धि आय आर्जन र रोजगारी सिर्जनाका कार्यक्रम गरिने जनाएको छ सूचना प्रविधिको प्रयोग मार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने सामाजिक न्याय र सामाजिक सुरक्षालाई सुदृड बनाउने तथा वन वातावरण संरक्षण र विपद जोखिम न्यूनीकरणका कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ। 

गाउँपालिकाले प्रस्तुत गरेको बजेटले स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै समृद्ध आत्मनिर्भर र दिगो विकासयुक्त इन्द्रावती निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । 

Leave a Reply