सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु बेहुला सहित ५२ जना घाइते

रेडियो मिसन ।सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको […]

Continue Reading

शिक्षक सङ्गठन द्वारा मेलम्चीमा वार्षिक शैक्षिक क्यालेण्डर बिमोचन तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन, मेलम्ची नगर समितिले ४५ औं शिक्षक दिवस तथा नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान, शिक्षक सम्मान, वार्षिक शैक्षिक क्यालेण्डर बिमोचन सहित विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले अवलम्बन गरिरहेका असल अभ्यास आदानप्रदन कार्यक्रम बुधबार मेलम्चीमा सम्पन्न गरेको छ । सङगठनले देशव्यापी रुपमा सञ्चालन गरिरहेको साङ्गठनिक सुदृढिकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि […]

Continue Reading

मेलम्ची ९ काे वडा अध्यक्ष कप भलिबलको उपाधी घिसिङ निर्माण सेवालाई

मेलम्ची नगरपालिका वडा नम्बर ९ मा वडा अध्यक्ष कप भलिबल सम्पन्न भएकाे छ । रातामाटामा आयेजित वडा अध्यक्ष कप भलिबलको उपाधि घिसिङ निर्माण सेवा ज्यामिरेले हात पारेको छ । आज सम्पन्न फाइनलमा विचटोल लाई पराजित गरेको घिसिङ निर्माण सेवाले नगद २० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको रातमाटा विचटोलले १५ हजार […]

Continue Reading

मेलम्चीमा पुर्ण खोप सुनिस्चितता तथा नियमित खोपको लागि समिक्षा गोष्ठी

पुर्ण खोप सुनिस्चितता तथा नियमित खोप र सरसफाई प्रवर्द्धन सुदृढीकरणको लागि समिक्षा, अभिमुखिकरण तथा सूक्ष्म योजना तयारी गोष्ठी आज मेलम्चीमा सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले स्वास्थ्यकर्मीको पेशा सम्मानित रहेको बताउदै उत्कृष्ट हुने गरि जिल्लाका स्वास्थ्यकर्मीले काम गरिरहेको बताउदै अझ उत्कृष्ट काम गर्न आग्रह गर्नुभयो । उहाँले स्थानीय […]

Continue Reading

चाैतारामा पहिलोचोटि भएकाे भिक्षाटनमा २५ जना भिक्षु सहभागी

सिन्धुपाल्चोक जिल्लामा पहिलोचोटि भिक्षाटन कार्यक्रम भएको छ । चौतारामा पहिलो पटक आइपुगेका भिक्षुहरूलाई जनप्रतिनिधि, समाजसेवी, चौतारा बासी, लगायतले चामल, पैसा लगायत आफु खुशी सकेको भिक्षा दान गरेका छन् । बौद्ध धर्मका अनुयायी भिक्षुलाई दान गरेर आत्म शान्ति दिलाउने काममा सहभागी भएको स्थानिय रविन्द्र श्रेष्ठले बताउनुभयाे । नेपालमा बौद्ध धर्म सँस्कार, परम्परा भित्रिएको ताका तिब्बत हुदै […]

Continue Reading

ऐतिहासिक प्रथम बुढिचाैर नयाँ बर्ष मेला भव्य रुपमा सम्पन्न

रेडियाे मिसन, नवलपुर “दिगाे बिकास र पर्यटन प्रवर्द्वनका लागि उत्सवकाे बेला, ऐतिहासिक प्रथम बुढिचाैर नयाँ बर्ष मेला” भन्ने मुल नारा सहित प्रथम ऐतिहासिक बुढिचौर नयाँ बर्ष मेला २०८०/०८१ सम्पन्न भएको छ । बुढीचौर पर्यटन बिकास समितिको आयोजनामा कार्यक्रम गरिएको हो । इन्द्रावती गाउँपालिका वडा नं ९ र १० को सिमानामा पर्ने स्थान बुढिचौरमा पहिलो पटक […]

Continue Reading

ऐतिहासिक प्रथम बुढिचाैर नयाँ बर्ष मेला भव्यताका साथ सम्पन्न

रेडियाे मिसन, नवलपुर “दिगाे बिकास र पर्यटन प्रवर्द्वनका लागि उत्सवकाे बेला, ऐतिहासिक प्रथम बुढिचाैर नयाँ बर्ष मेला” भन्ने मुल नारा सहित प्रथम ऐतिहासिक बुढिचौर नयाँ बर्ष मेला २०८०/०८१ सम्पन्न भएको छ । बुढीचौर पर्यटन बिकास समितिको आयोजनामा कार्यक्रम गरिएको हो । इन्द्रावती गाउँपालिका वडा नं ९ र १० को सिमानामा पर्ने स्थान बुढिचौरमा पहिलो पटक […]

Continue Reading

मानव जीवनका लागि योग अपरिहार्य छ : नगर प्रमुख तामाङ

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मानव जीवनका लागि योग अपरिहार्य रहेको बताउनुभएको छ । मानिसको शारीरिक एवं मानसिक तनाव मुक्त गर्न योग अति आवश्यक रहेकाले यो दैनिक रुपमा गर्नुपर्नेमा नगर प्रमुख तामाङले जोड दिनुभएकाे छ । मेलम्ची नगरपालिकाको आयोजना र महिला पतंञ्जली योग समिति सिन्धुपाल्चोकको समन्वयमा जारी सह–योग शिक्षक प्रशिक्षण तालिममा आयोजित नयाँबर्षको सुभकामना आदानप्रदान […]

Continue Reading

मेलम्चीका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य

सिन्धुपाल्चोककोे मेलम्ची नगरपालिकाले पालिका मातहतका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने निर्णय गरेको छ । शुक्रबार नगरपालिकामा बसेको कार्यापालिका बैठकले आगामी शैक्षिक सत्रका लागि सामुदायिक विद्यालयमा समान पहुँच र अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर सुधार एवम् प्रभावकारी बनाउन सो निर्णय गरीएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो […]

Continue Reading

नेता नेपालको पहलमा सिन्धुकाेट थाक्ले सडक स्तरोन्नतीको लागी २ करोडमा ठेक्का आव्हान

“नेपाल टोल गैरी गाउँ बाबियो डाँडा सिन्धुपाल्चोक” को लागी ठेक्का आव्हान भएको छ । सडक डिभिजन कार्यालय चरिकोटले बोलपत्र आव्हान गर्दै यस सडकको स्तरोन्नतीको लागी ठेक्का निकालेको हो । समाजसेवी तथा नेपाली कांग्रेसका नेता परमात्मा नेपालको पहलमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ५ सिन्धुकोटमा २ करोड बजेट बिनियोजन भएको छ । भौतिक पुर्वाधार तथा यातायात […]

Continue Reading